• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

दोस्रो सल्यान गजल महफिल सम्पन्न


असार २९, सल्यान । सल्यानमा दोस्रो गजल महफिल सम्पन्न भएको छ । ‘हाम्रो अभियान सल्यान कला साहित्यको उत्थान’ भन्ने नारा सहित शनिबार बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा कार्यक्रम भएको हो ।

महफिलमा विभिन्न स्रष्टाको सम्मान गरिनुका साथै उत्कृष्ठ गजलकारका गजल वाचन पनि गरिएको छ ।
सल्यान कला साहित्य परिषद्का अध्यक्ष भरत रोकायको अध्यक्षतामा भएको कार्यक्रम लंग ग्रिन बोर्डिङ स्कुलका अध्यक्ष शिव बहादुर वलीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । परिषद्का संयोजक लोकेश जलनले संचालन गरेको कार्यक्रममा तिलक विसीले स्वागत मन्तव्यले स्वागत गरेका थिए ।

कार्यक्रममा डाक्टर कृष्णराज डिसी, दिपक शर्मा, दामोदर ढकालालाई सम्मानित गरिएको छ । सम्मानीत स्रष्टाको चिनारी ऋषीशर्मा सुदामाले पस्तुत गरेका थिए । सल्यानका साहित्यकार डाक्टर पुर्ण भण्डारी पंकजलाई सम्मानित गर्ने भनिएतापनि भण्डारी र खलंगाबाट सवार पत्रकारलाई निरन्तरको बर्षाले पहिरोले सडक अवरुद्ध बनाउदा आधाबाटोबाटै फिर्ता हुनुपरेको थियो ।

कार्यक्रममा महफिलका स्रष्टाहरुमा रमेश चन्द कुशुम, कृष्ण विरही, बसन्त बसन्ती र झलक वलीले गजल वाचन गरेका थिए । देश र समाजका समसामयिक विषयबस्तुलाई गजलबाट तिखो प्रहार गर्दै स्रष्टाहरुले बनगाडलाई साहित्यमय बनाएका थिए ।

कार्यक्रममा सम्मानित स्रष्टाहरुले प्रमुख अतिथीको रुपमा नगरप्रमुखलाई बोलाइएपनि आफ्नो कार्यक्रमलाई प्राथामिकता नराखेकोमा दुख तथा गुनासो व्यक्त गरेका थिए । साहित्य र कला क्षेत्रलाई नगरले उपेक्षा गरेको उनिहरुको आरोप रहेको थियो ।

जनताको अनुरोधलाई ध्यान नदिनु राम्रो नभएको भन्दै जनप्रतिनिधिलाई यस्ता कार्यक्रममा पनि ध्यान दिन उनिहरुले अनुरोध गरेका थिए । यस अघि परिषदको आयोजनामा कुपिण्डे तालमा जलमा गजल बाचन गरिएको थियो ।

प्रकाशित मिति : २०७६ असार २९ गते आइतवार