• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

डोल्पामा घट्ट पिस्न गएका थुप्रै बालबालिका बाढीले बेपत्ता, एक जनाको मृत्यु


असार २९, डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिका–१ मा काशिल खोलामा शनिबार दिउँसो आएको बाढीले एक जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्। दिउँसो साढे २ गएको बाढीले उनीहरुलाई बगाएको प्रहरीले बताएको छ। तीमध्ये घट्ट पिस्न आएका बालबालिकाहरु धेरै रहेका छन् ।

सदरमुकाम दुनैबाट करिब ४५ कोष टाढापर्ने काशिल खोलामा आएको बाढीमा परेर ४३ वर्षीय धर्मराज बोहोरोको मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ। उनको च्यापियर मृत्यु भएको बताइएको छ।

बाढीमा परी बेपत्ता हुनेमा सबै वडा नम्बर १ का रहेका छन् । बाढीमा अझै धेरै हराइरहेको अनुमान प्रहरीको छ। सदरमुकाम दुनैबाट प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी र प्रहरी नायब उपरीक्षक अभदेश विष्टको नेतृत्वमा नेपाली सेना, प्रहरी र सशत्र प्रहरीको ३५ जनाको टोली शनिबार बेलुकी नै घटनास्थलतर्फ हिँडिसकेको छ। दुनैबाट घटनास्थल पुग्न एक दिन लाग्छ।

बाढीले दश वटा पानीघट्ट र काशिल लघु जलविद्युत आयोजनाको पाइपलाइन बगाएको बताइएको छ। घटनामा पर्नेहरको उद्धार र राहतका लागि हेलिकोप्टरको व्यवस्था गर्न कर्णाली प्रदेश सरकारसँग पहल गरिरहेको प्रदेशसभा सांसद वीरबहादुर शाही र बदमीकुमारी बोहोराले जानकारी दिए। मौसम खराब भएकाले हेलिकोप्टर अहिलेनै आउने सम्भावना नरहेको सुरक्षा निकायले बताएको छ।

संकेतिक तस्बिर

प्रकाशित मिति : २०७६ असार २९ गते आइतवार