• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

बाढी पहिरो पीडितको उद्दारमा जुट्न कार्यकर्तालाई विप्लवको निर्देशन


असार २९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बाढी पहिरो र डुबानमा परेर बिपत परेकाहरुलाई राहत र उद्दार गर्न निर्देशन दिएका छन् । शनिबार विज्ञप्ति जारी गरी देशभरी भएको अविरल बर्षा, बाढी, पहिरो र डुवानका कारण देशमा ठूलो जनधनको क्षति भएको र प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएका सबै नागरिकहरुप्रति श्रद्धाञ्जली दिंदै सम्पूर्ण पार्टी पंक्तिलाई राहत र उद्दारमा जुट्न निर्देशन दिएका हुन् ।

महासचिव विप्लवले देश डुबानमा पर्नुको कारण प्रकृतिमाथिको अराजक, अनियन्त्रित दोहन, राज्यको पुर्व तयारीको अभाव, भारतसँग भएका असमान सन्धि सम्झौता, नेपाल भारत सीमानामा बनेका बाँध, तटबन्धन र अन्तर्राष्ट्रिय कानून विपरित नेपाल भारत सीमानासँग टाँसिएर बनाइएका विशाल सडकहरु, गरिब श्रमिक जनताको जोखिमपूर्ण बसाई गर्नुपर्ने बाध्यताका कारण प्राकृतिक प्रकोपमा परी गरीब जनताले ठूलो जनधनको क्षति व्यहोर्न परेको बताएका छन ।

विप्लवले प्राकृतिक प्रकोपबाट मृत्यु भएका परिवारलाई अल्पकालीन, दिर्घकालीन, क्षतिको उचित राहत उपलब्ध गराउन र घरबास गुमेकोलाई बास र रोजगारी व्यवस्था गर्न सरकार संग माग गरेका छन् ।

प्रकाशित मिति : २०७६ असार २९ गते आइतवार