• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

बाढी पहिरोबाट देशभर ५० जनाको मृत्यु, अझै ३० जना वेपत्ता


असार २९, काठमाडौं । बिहीबारदेखिको अविरल वर्षाका कारण हालसम्म ५० जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहानसम्म २२ महिला र २८ पुरुष गरी जम्मा ५० जनाको मृत्यु भएको हो ।

यस्तै २५ जना घाइते भएकामा उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये १० महिला र १५ पुरुष रहेका छन् । प्रहरीका अनुसार १३ महिला र १७ पुरुष गरी जम्मा ३० जना वेपत्ता भएका छन्  ।

बाढी पहिरोमा परी काठमाडौंमा ३ जना, ललितपुरमा र भोजपुरमा ५/५ जना, ओखलढुंगामा ४ जना, मकवानपुर, खोटाङ, काभ्रे र सिन्धुलीमा ३/३ जना, धादिङ, झापा, बारा, धनुषा र डोल्पामा २/२ जना तथा ईलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १/१ जना गरी जम्मा ५० जनाको मृत्यु भएको छ।

बाढी पहिरोमा परी डोल्पामा ११ जना, सिन्धुलीमा ६ जना, ईलाम र मोरङमा ३/३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, सिराहा, धनुषा, र धादिङमा १/१ जना गरी ३५ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी  भएको प्रहरी प्रधान कार्यालयकाले जनाएको छ ।

साथै मकवानपुरमा ४ जना, ललितपुर र धनकुटामा ३/३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २/२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, रामेछाप, धादिङ, दोलखा र चितवन १/१ जना गरी जम्मा २५ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा १ सय ८५ जना, ललितपुरमा ८ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना तथा  भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ जना गरी जम्मा १ हजार १ सय ४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरी प्रधान कार्यालयकाले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु लगायतका प्रहरी कर्मचारीहरु उद्धारमा जुटेका छन् ।

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७६ असार २९ गते आइतवार