• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

प्रदेश १ का सांसद राती १२ बजेपनि तटबन्ध निर्माणमा जुटे


असार २९, मोरङ । प्रदेश १ का सांसद कुशल लिम्बु (कुलप्रसाद साम्बा) तटबन्ध निर्माणमा आफै बोरा ओडेर जुटेका छन् । मोरङको उर्लाबारी– ८ सस्थाल बस्तीमा पुगेर उनि तटबन्ध बाँध्न जुटेका हुन् ।

स्थानीयबासी बाढीको चपेटामा पर्न थालेको खबर पाएपछि शनिबार राती नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै स्काभेटर लिएर सांसद साम्बा आफैं बस्तीमा पुगे । उनी आफैं बोरा ओढेर तटबन्ध बाँध्न जुटेका छन् । उनले आइतबार भने, ‘हिजो राति १२ बजेसम्म काम गरिउँ, त्यसपछि आज बिहानदेखि कटान गर्दै गरेको क्षेत्रमा आधा बाँध बाध्यौं ।’

संस्थाल बस्तीबाट खोला पसेको भए रतुवामाई नगरपालिकाका अधिकांश वडा डुबानमा पर्न सक्थ्यो । दुई वर्षअघि बक्राहले उर्लाबारीसहित रतुवामाई नगरपालिका क्षेत्र डुबानमा परेको थियो ।

यो वर्ष सन्थाल बस्ती नजिकै कटान सुरु भए लगतै बासको पाइलिङ गर्न थालिएको सांसद साम्बाले बताए । उनकाअनुसार सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले संयुक्त रुपमा नदी कटान रोक्न बासको पाइलिङ गरिरहेका छन् ।

‘खोला पसेको भए रतुवामाईको वडा नम्बर ९ र १० को ४ सय बढी घर डुवानमा पर्थ्यो’, उनले भने ‘हामीले करिब ५० मिटर पाइलिङ बाँध बाधेका कारण जोखिम कम भयो ।’

प्रकाशित मिति : २०७६ असार २९ गते आइतवार