• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा बाल विवाह गर्न लागेकालाई बाल क्लबले रोक्यो


सरिता चलाउने असार २९, सल्यान । सल्यानमा बाल क्लबको सक्रियतामा बालविवाह रोएिको छ । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ६ बडागाउँमा हुदै गरेको वालविवाह वडा बाल क्लबले रोकेको हो ।

च्याउखोलामा शनिबार वालविवाह हुदै गरेको जानकारी पाउनसाथ वडा स्तरीय बाल कल्बले रोकेको वाल कल्बका अध्यक्ष युवराज खड्काले जानकारी दिए । उनका अनुसार कुमाख गाउँपालीका वडा नम्बर ६ च्याउखोल निवासी १७  वर्षीय दुलहा र दार्मा गाउँपालिका वडा नम्बर १ निवासी १७ वर्षीया दुलहीबिच हुदै गरेको बिवाह रोकिएको हो ।

वालविवाह हुदै गरेको स्थानीयले जानकारी दिएपछिवाल क्लबको शक्रियतामा विवाह राकेको उनले बताए । घरमै गएर भई रहेको बाल विवाह रोकेर यसको बारेमा अभिभावकलाई कानुनी कारवाही, भविष्यमा हुन सक्ने जोखिम, वर्तमान अवस्थामा हुन सक्ने समस्या, सामाजिक, सांस्कृतिक रुपमा देखा पर्ने समस्याको बारेमा अवगत गराएर बाल विवाह रोकिएको बताए । ।

दुलाह र दुलहीलाई सम्झाई बुझाई आ–आफनो घरमा पठाईएको अध्यक्ष खड्काले बताए ।  अभिभावक र उनिहरुले उमेर पुगेपछि मात्र बिवाह गर्ने सर्त राखेका छन् । विशेषगरी कानुनमा बाल विवाह गर्नेलाई ३ कैद र ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

केहि दिन अघि मात्रै जिल्लाको शारदा नगरपालिका ५ पिपलनेटामा पनि बाल विवाह गर्न लागेका दुलही, दुलहा, दुलहाकी आमा र विवाह गराउने पण्डित पक्राउ परेका छन् । उनिहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

यो पनिः सल्यानमा दुलहा-दुलही सहित ४ जना विवाहमण्डपबाटै पक्राउ

प्रकाशित मिति : २०७६ असार २९ गते आइतवार