• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा बसले मोटरसाईकललाई ठक्कर दिदाँ कृषि प्राविधिक गम्भीर घाईते


दुर्गा वि.सी./असार २९, सल्यान । सल्यानमा बसले मोटरसाईकलाई ठक्कर दिदा कृषी प्राविधिक गम्भीर घाईते भएका छन् । नेपालगञ्ज देखि रुकुम जाँदै गरेको ना ४ ख ६७५३ नम्बरको बसले जिल्लाको पश्चिम क्षेत्रमा पर्ने बनगाड कुपिण्डे नगरपालिकाको बालुवासंग्रही बाँगिरह नजिकै रा १ ४ प ९३७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परि मोटरसाइकल चालक बनगाड कुपिण्डे नगरपालिका ११ नम्बर वडामा कार्यरत कृषि प्राविधीक २७ वर्षिय विरमान वली गम्भिर घाईते भएका छन् । कामको शिलशिलमा सल्लीबजार आएर आफ्नो वडा तर्फ कार्यलय भेटाउन ओली हिडेका थिए ।

घाईते ओलीको टाउको र बाँया खुट्टामा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय सल्लीवजारले जनाएको छ । घाईतेलाई देवस्थलमा रहेको पोख्रेल मेडिकल हलमा सामान्य पछि थप उपचारको लागि नेपालगञ्ज लगिएको छ ।

बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पछिल्लो समयमा सल्यान पश्चिम रुटमा दैनिक दुर्घटनाका संख्याहरु बढिरहेका छन् ।

 

प्रकाशित मिति : २०७६ असार २९ गते आइतवार