• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा पनि ‘नो ट्याक्स : नो एनसेल’ अभियान !


असार २९, सल्यान । सल्यानमा ‘नो ट्याक्स : नो एनसेल’ अभियान संचालन गरिने भएको छ । अखिल क्रान्तिकारी सल्यान शारदा नगर कमिटीको दोस्रो बैठकले आज उक्त अभियान संचालन गर्ने निर्णय गरेको संगठनमा जिल्ला सदस्य मोहन केसीले बताए ।

एनसेलले जनताबाट अरबौँ करम उठाउने तर राज्यलाई तिर्नुपर्ने कर नतिरेकोले यो अभियान संचालन गर्न लागिएको उनले बताए । जसको लागी उक्त संगठनले “देशका लागी हाम्रो अभियान, नो ट्याक्स : नो एनसेल” लेखिएको टिसर्ट समेत सार्वजनिक गरेको छ ।

त्यस्तै बैठकले शैक्षिक दलालिकरणका विरुद्ध पनि संघर्ष गर्ने बताइएको छ । ‘नो ट्याक्स : नो एनसेल’ अभियानलाई जिल्ला भरी सञ्चालन गर्न संगठनका सबै पदाधिकारीहरु लाग्ने अखिल क्रान्तिकारीले जनाएको छ ।

यसअघि पनि यो अभियान देशभरी गरिएको थियो । विश्व चर्चित जिवन प्रशिक्षक नरबहादुर कार्की, नायिका रेखा थापा लगाएतका व्यक्ती तथा संघ संगठनले ‘नो ट्याक्स : नो एनसेल’ अभियान चलाएका थिए ।

ठूला करदाता कार्यालयका अनुसार एनसेलले राज्यलाई ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रूपैयाँ कर तिर्नुपर्ने छ । तर एनसेलले भने चुनावका बेलामा थुप्रै नेताहरुलाई पैसा दिएको भन्दै राज्यलाई कर तिर्न मानेको छैन् ।

प्रकाशित मिति : २०७६ असार २९ गते आइतवार