• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा २ हजार बढीको घरमा पुग्ने खानेपानीको पाइप पहिरोले बगायो


असार ३०, सल्यान । सल्यानको  छत्रेश्वरी गाउँपालिका–४ खर्सुवासमा पहिरोले खानेपानीको पाइप बगाएको छ । पाइप बगाउँदा गाउँपालिकाका वडा नम्बर ४ र ५ का दुई हजारभन्दा बढी उपभोक्ता खानेपानीबाट बञ्चित भएका छन् ।

खर्सुवासको बाउनिखा मुहानबाट पाइपमार्फत ल्याएको पानी उपभोग गर्दै आएका लेखपोखरा, तारुपारे, भित्रिवन, पोखरी लगायतका बासिन्दाहरु प्रभावित भएका छन् । उनीहरु पानीको जोहो गर्न कुवा र खोलामा धाउन बाध्य भएको स्थानीय तिले नेपालीले बताए ।

वनक्षेत्रबाट पाइपमार्फत ल्याएको पानी पहिरोले झन्डै २०० मिटर पाइप बगाएको उनको भनाइ छ । केही दिनदेखिको निरन्तर वर्षाका कारण कपुरकोट–झ्याम सडक निर्माणका क्रममा निस्केको माटो बगाउँदा खानेपानीको पाइप बगाएको कृष्ण बिकले बताए ।

अनाधिकृत रुपमा खनिएका सडक र त्यसबाट हुने क्षतिबारे कसैले चासो नदिएको उनको भनाइ छ । पहिरोले चुडामणि पुनको घर समेत पुरेको छ । पहिराले घर पुरिएपछि उनी छिमेकीको घरमा बस्दै आइरहेका छन् ।

फोटो फाइल

प्रकाशित मिति : २०७६ असार ३० गते सोमवार