• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सिम्ता गाउँपालिकाको छैटौ बजेट अधिवेशन सम्पन्न


दुर्गा विसी/असार ३०, सल्यान । सुर्खेत सिम्ता गाउँपालिकाको छैटौं बजेट अधिवेशन सम्पन्न भएको छ । बजेट माथिको करिव २ हप्ता दफावार  छलफल पछि विभिन्न विध्येक पास गर्दे गाउँ सभाले बजेट अधिवेशनलाई आईतबार समापन भएको छ ।

चालु र पुजिंगत तर्फ गरि ४४ करोड १३ लाख ५१ हजार वरारको वजेट छैटौ गाउँ सामा प्रस्तुत भएको थियो । उक्त प्रस्तुत भएको वजेट आर्थिक विकासमा १ कराड ५० लाख,सामाजिक विकासमा २ करोड ७८ लाख १२ हजार,पुर्वाधार विकासमा ९ करोड ९१ लाख,वातावरण तथा विपत व्यवस्थापनमा ५० लाख र संस्थागत विकासमा ८६ लाख र प्रशासनिक तर्फ ६ करोड ५० लाख विनियोजन गरेको छ ।

साथै विभिन्न समिती र उप समितीहरु समेत  गठन गरिएको छ । विरुजु फच्र्योट,लेखा समिती गठन, न्याय समितीको विध्येक संसोधन लगाएतका महत्वपुर्ण निर्णयहरु समेत पारित गरेको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानका स्दिए ।

शिक्षालाई प्रमुख प्राथामिकरण गर्दे जनतासँग सिम्ता गाउँपालिका भन्ने मुल मन्त्रलाई अघि सार्दे स्वास्थ्य, खानेपानी र विद्युत र आयआर्जनका कुरालाई वजेटले पहिलो प्राथामिकता दिएको छ । लामो छलफल पश्चात सिम्ता गाउँपालिकाको छैटौ नगर सभा विधिवत रुपमा समापन भएको छ ।

प्रकाशित मिति : २०७६ असार ३० गते सोमवार