• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

दाङका १० स्थानीय तहविरुद्ध अख्तियारमा ३५ उजुरी


असार ३१, दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंज कार्यालयमा दाङका १० स्थानीय तहविरुद्ध ३५ वटा उजुरी परेका छन् ।

चालु आर्थिकको जेठसम्म १० स्थानीय तहका ३५ उजुरी परेको नेपालगंज कार्यालयले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलअन्तर्गतको सम्पर्क कार्यालय नेपालगंजका अनुसार उजुरीमध्ये सबैभन्दा बढी शान्तिनगर गाउँपालिकाविरुद्ध सात वटा उजुरी परेको छ ।

तुलसीपुर उपमहनगरपालिकाविरुद्ध ६, लमही नगरपालिका र बबई गाउँपालिकाविरुद्ध पाँच पाँच वटा, राजपुर गाउपालिका र घोराही उपमहनगरपालिकाविरुद्ध चार चार तथा बंगलाचुली, राप्ती, दंगीशरण र गढवा गाउँपालिकाविरुद्ध १÷१ वटा उजुरी परेको अख्तियारको नेपालगंज कार्यालयका प्रमुख गणेश गैरेले जानकारी दिए।

प्रकाशित मिति : २०७६ असार ३१ गते मङ्गलवार