• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सुदूरपश्‍चिम प्रदेशको राजधानीमा शक्तिशाली बम विस्फोट, ५ जना घाइते


साउन २, धनगढी । सुदूरपश्‍चिम प्रदेशको राजधानी धनगढीमा शक्तिशाली बम बिस्फोट भएको छ । धनगढीको शहिद गेट नजिकै रहेको निलम होटलमा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते भएका छन् ।

घाइते मध्ये एक जनाको अवस्था गम्भिर छ । घाइते हुनेमा बझाङका राम सिंह,  कञ्चनपुरको बेलाैरी-५ का लक्ष्मण सेरला, माेबिन खान, जितेन्द्र यादव र धनगढी-४, बाेराडाडीका केशवराज पाण्डे छन् ।

स्थानीय निलम होटल अगाडि विस्फोट भएको हो । घाइते पाण्डे सोही होटलका सञ्चालक हुन् । प्रहरीलाई सिलिण्डर विष्फोटको सूचना आएको थियो । तर, शक्तिशाली बम वस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

घटनास्थलमा ९ एमएमको पेस्तोल समेत भेटिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक (एसपी) सुदिप गिरी नेतृत्वको टोली पुगेको छ ।

गिरीका अनुसार टिफिन बक्समा राखिएको वस्तु पड्किएको प्रारम्भिक छानबिनबाट देखिएको छ । घाइतेहरूको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

फोटो फाइल

प्रकाशित मिति : २०७६ साउन २ गते बिहिवार