• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा एक बर्षमा २ सयभन्दा धेरै सम्बन्ध बिच्छेदका मुद्दा


साउन २, सल्यान । सल्यानमा सम्बन्ध विच्छेदका मुद्दा उल्लेखनीय मात्रमा दर्ता भएको पाइएको छ । जिल्ला अदालत सार्वजनिक गरेको आर्थिक बर्ष २०७५÷०७६ को तथ्याङ्क अनुसार सल्यान अदालतमा २ सय ९ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन् । ति मध्य १ सय ७७ वटा मुद्दा फच्र्छौट भएको अदालतका श्रेष्तेदार दिपक पोखरेलले बताए ।

नयाँ मुलुकी सहिंता जारी भएसँगैै पुरुषले पनि सम्बन्ध बिच्छेद गर्न पाउने ब्यवस्था भएकाले जिल्लामा सम्बन्ध बिच्छेदका घटनामा बृद्धि आएको पोखरेको भनाई छ । सामाजिक सञ्जाल, वैदेशिक रोजगारी तथा सचेतनाको विकासका कारण सम्बन्ध विच्छेद गर्नेको सख्यामा वृद्धि आएको उनले बताए ।

जिल्लामा सम्बन्ध बिच्छेदका घटनाले बढि महिलाहरु नै पिडित हुने गरेको देखिएको छ । सम्बन्ध बिच्छेद गर्ने बालबालिकाको भविश्य बढि प्रभावित हुने गरेको छ ।

आर्थिक बर्ष २०७५÷०७६ को एक बर्षमा अदालतमा जम्मा ४ सय ७९ वटा मुद्दा दर्ता भएका छन् । जसमा जवरजस्ती करणीका २२, बहुविवाह २३, बालविवाह तथा बहुविवाह ३, बोक्सी २ र कर्तव्य, ज्यानमार्ने उद्योग, सवारी ज्यानका ३७ मुद्दा रहेका छन् ।

यी जम्मा ४ सय ७९ वटा मुद्धा मध्य अदालतले ३ सय ९४ वटा मुद्या फर्छौट गरेको छ । प्रतिशतको तथ्याङ्क अनुसार ८२ दशमलव २५ प्रतिशत मुद्दा फर्छौट गरेको जिल्ला अदालत सल्यानले जनाएको छ ।

फोटो फाइल

प्रकाशित मिति : २०७६ साउन २ गते बिहिवार