• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानका स्थानीय तहमा बेरुजु कम गर्न हेट नेटवर्कको प्रशासनलाई ज्ञापन पत्र


साउन ३, सल्यान । सल्यानमा स्थानीय तहहरुमा बेरुजुको मात्रा धेरै देखिएको भन्दै हेड नेटवर्क सल्यानले जिल्ला प्रशासन कार्यालय सल्यानको ध्यानआकर्षण गराएको छ । गत आर्थिक वर्षमा जिल्लामा देखिएको बेरुजु के कारणले र कहिले फच्छ्यौट हुन्छ भन्दै प्रस्ट पार्न माग गर्दै हेड नेटवर्कले आज प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेलाई ज्ञापन  पत्र बुझाएको हो ।

नेटवर्कका संयोजक तोरण बुढाथोकी लगाएतको टिमले बुझाएको पत्रमा भनिएको छ, “बेरुजु आम नागरिकहरुमा भष्टाचार हो भन्ने बुझाई भईरहेको छ ।  यो बारेमा आम नागरिरको बुझाईमा स्पस्टता पार्न र कुन कुन शिर्षकमा के कती कारणले बेरुजु आएको हो र फच्छ्यौट कहिले हुन्छ यस्ता बिषयमा पनि प्रस्ट पार्नु पर्ने देखिन्छ ।”

त्यस्तै आगामी दिनमा बेरुजु कम गर्न र अषाढ मसान्तमा भुक्तानी लिने दिने परिपाटिको अन्त्य गर्नको लागी पहल कदमी गरिदिन हेड नेटवर्कले प्रजिअ न्यौपाने मार्फत माग गरेको छ ।

ज्ञापन पत्र बुझ्दै प्रजिअ न्यौपानेले सबै निकायले पहल गरेपछि बेरुजुको अन्य हुने बताए । अहिले स्थानीय तहहरुले आफुलाई शक्तीमान ठानेर आफुखुसी काम गर्दा बेरुजु आएको उनले बताए । यसलाई न्यूनिकरण गर्न आफ्नो तर्फबाट पनि पहल गर्ने उनको आश्वासन छ ।

यस्तो छ ज्ञापन पत्र

प्रकाशित मिति : २०७६ साउन ३ गते शुक्रवार