• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

जब ८१ दिनको हिरासत बसाईपछि खुल्ला आकाशमा आँए…


चन्द्र खडका ‘असल’ । आज असार २४ गते हो । हिजो २३ गते हामी हिरासतबाट छुटेको दिन । अहिले बिहानको ५:३० बजेको छ ।

म ब्युझिए । सुनसरी इनरुवाको अदालतबाट छुटेर आइ सकेपछि आजको बास धरान बजारमा नै भयो । यानिकी धरान बजार छोडेको छैन । अन्य साथिहरु हिजो नै आ-आफ्नो गन्तव्यतिर हिडिसके ।

झोला इलाका प्रहरी कार्यालयमा नै रहेको कारण म धरानको सामान्य होटेलमा बसेको थिए । आज सम्मको हिरासत बसाइले शरिरले एक प्रकारको पीडा अनुभुत गरिरहेको छ । त्यसैकारण हुनु पर्छ म आज अलि ढिला ब्युझिए । म ब्युझिदा बाहिर सिमसिम पानी परिरहेको छ ।

चिसो सिरेटो सहित बिहानिको उज्यालो प्रकाश होटेलको झ्यालबाट भित्र प्रबेश गरेर मलाइ गिज्याइ रहेको अनुभुती भयो। अनि म जर्याक जुरुक उठे, बाहिर सानो कौसी थियो कौसिमा गए । कौसिमा बिछ्टै आनन्दको अनुभुत गरे ।

एउटा बन्द कोठा भित्र रहेर आकास देख्न र धर्ती टेक्न सम्म आफ्नो चाहानाले नपाएको पनि ८१ दिन भैसकेको थियो । आजको बिहानी त्यो ८१ दिन भन्दा फरक थियो । मेरो हातमा हत्कडी थिएन मेरो सुरक्षामा खट्ने कुनै सुरक्षागार्ड हतियार लिएर एलर्ट भएर उभिएका थिएनन । म सिरिफ एक्लै थिए, थियो त केवल मेरो सितलताको लागि आकासले पानी खसाई रहेको थियो ।

आकासमा चरिहरु निस्फिक्री उडिरहेका थिए, सिरसिर हावा सिमसिम पानी आकासमा टन्न भरिएको बादल देख्दा मलाइ लाग्दै थियो म पनि आज आजाद छु । स्वतन्त्र छु । आकासमा उडिरहेको चरी झै स्वतन्त्र पुर्ण स्वतन्त्र । जुन बन्द् प्रखाल भित्र सम्पुर्ण अधिकारको कैद गरेर राज्यले हामिलाइ बन्दी बनाएर राखेको थियो, त्यो कहाली लाग्दो जिबनबाट मुक्त भएको थिए ।

अनि म मुक्त हुँदा बन्दीगृहबाट एक हुल उडुस र उपियाले मलाई एकोहोरो चियाई रहेका थिए ! सिमित खाना, परिवार सङ मात्र सिमित फोन सम्पर्क उडुस र उपियाको सङ्गत, गर्मीले शरिरै भरी घमेरा (एलर्जी) त्यो जिबनको कल्पना पनि गर्न सकिँदैन ।

त्यो जिबनबाट खुल्ला आकास मुनिको जीवन विशिष्ट नयाँ अनुभूति हुने नै भयो । सयौं पिडाहरु भुलेर भए पनि आज म आनन्दित र आजाद महसुस गरिरहेको छु । कहिले काहीँ जिन्दगिले आफैले आफै त्यस्तो अनुभुती पनि गर्दो रहेछ क्यारे । म त्यस्तै भएको छु । हुन त सुनसरी त्यो पनि धरानमा मैले चिनेको एकजना पनि मान्छे थिएन । धरान नेपालको सुन्दर शहर मान्निन्छ त्यो बजारको सुन्दरता म खुल्ला आकासमा आएकोमा स्वागतको निम्ति टक्क अडिएको महसुस हुन्थ्यो ।

धनकुटा साइडमा देखिने पहाडले क्रान्ती प्रति एक्यवद्धता प्रकट गर्दै मलाई नया गतिको लागि निदृट गरे जस्तो लाग्थ्यो । झुपडिहरु आफ्नो मुक्ती आन्दोलनको नेतृत्वमा आव्हान गरे जस्तो । यस्तै अनुभुत गरे मैले । करिब ४५ मिनेट होटेलकै बाहिरको कौसिमा एकटक भएर उभिएर सोचेको थिए मैले ।

जनक्रान्तिको महान यात्राको निम्ति बलिदान गर्नुहुने क. कुमार पौडेल क महान् लगाएत आठ जना महान शहिदहरुको रगत कदापी खेर जान हुदैन, जाने छैन । उहाहरुले छोड्नु भएको क्रान्तिको बाकी कार्यभार हामी ज्युदाहरुले निर्भिकता पुर्बक पूरा गर्नुछ । हिरासत र जेलको जीवन बाध्यताको जीवन हो अनिवार्य जीवन हैन ।

क्रान्तिका योद्धाहरु जेल हिरासत भित्र रहेर हैन बाहिर निस्केर क्रान्तिको ज्वारभाटा उठाउनु छ । बिचार राजनितिलाइ केन्द्रमा राखेर केही राजनितिक कुटनैतिक पहलहरु पनि भए । राज्यले पनि बिना प्रमाण राखिरहन सम्भब थिएन । आस्था र बिचारकै आधारमा राख्दा राज्य आफै बदनाम हुँदै गएको थियो । हामीलाइ जसरी राज्य विरुद्धको कसुर सङ्गठित अपराध जस्ता जति ठुला मुद्दाहरु लगाउन खोजे पनि कानुनी प्रमाणहरु नपुग्दा राज्य आफै संकटमा फस्दै गएको थियो ।

परिणाम स्वरुप हामीलाइ छोड्न बाध्यात्मक स्थितिको सृजना भएको हुनु पर्दछ । सरकारलाइ आफैले बनाएको कानुन बाध्यकारी बनेको छ । यी सब कारणले हामी क्रान्तिको महान यात्रामा समाहित हुन खुला दुनियामा निस्किएका छौ । बाहिर निस्कदा क. कुमार र क. महान लगाएत महान शहीदको यादले सताइ रहेको छ । ती महान योद्धाहरुले छोडेको क्रान्तिको कार्यभार हामिले पुर्ण गर्नु छ ।

हामी खुल्ला आकासमा आउनुको अर्थ क्रान्तिलाइ अगाडि बढाउनु नै हो । क्रान्ती महान तर अनिवार्य कार्य हो । जेल हिरासत पनि क्रान्तिको मोर्चा त हो नै तर त्यो बाध्यात्मक मोर्चा हो । जेल हिरासतले मान्छेलाई खार्छ, स्पातिलो बनाउछ यो सत्य हो तर अर्को सत्य पनि के हो भने कमजोर बैचारिक धरातल भएका मान्छेलाइ खिया पनि लगाउन सक्छ ।

आज हामी सुन्दै छौ, कतिपय क्रान्तिकारी भनिएका मान्छेहरु बिचार राजनितिबाट स्खलित भएका छ्न, गद्दारी गरेका छन क्रान्तिलाइ धोका दिएका छ्न । आफ्नो क्रान्तिकारी जिबनलिला समाप्त पारेका छन । त्यस्कारण जेल हिरासत रहरको बिषय कदापी हैन । क्रान्तिकारि त्यही हो जस्ले अन्तसम्म आफुलाइ देश जनता र क्रान्तिमा समर्पित गर्दछ ।

क. कुमार र क. महान लगाएतका शहिदहरु सदासदाका लागि जुनतारा बनेर क्रान्ति नायक बनेका छ्न । उहाहरु नअस्ताउने क्रान्तिकारी बन्नु भएको छ । कोहि भने भौतिक अस्तिपन्जर मात्र बाकी रहेका लिलाम रुपि कायर जिन्दगी पनि जिइरहेका छन । यो क्रान्तिको द्वन्द्वात्मकता हो ।

यस्तै-यस्तै सोच्दै एकान्तमा टोलाए, आकासमा हेरे थुचुक्क बसे । दारा किटे । त्यो बेला घडिमा सात बजिसकेको थियो । तल होटेलमा आए हिसाबकिताब गरेर म निस्किए ।

बसपार्क नजिकै थियो, बसपार्क पुगेर पश्चिम जाने गाडी सोधे, पानी परिरहेकोले खास मान्छेको भिडभाड थिएन । पश्चिम बिरगन्जको गाडिमा गएर बर्दिबासको टिकेट लिए । दोधारमा थिए काठमाडौ जाने कि घर जाने भन्नेमा । म सङ्ग कसै सङ्ग सम्पर्क गर्न सक्ने कुनै माध्यम थिएन । अरुको मोबाइल फोन मागेर सम्पर्क गर्न सकिन्थ्यो तर मनले माग्न मानेन ।

म छुटी सकेको जानकारी केवल छोरिलाइ मात्र दिन सकेको थिए । अन्य परिवार सङ्ग सम्पर्क गर्न सकिएको थिएन । छोरिलाइ जानकारी गराइसकेकोले म अलि ढुक्क भएको थिए । छुटे पनि दुस्मनको कुनै भर हुने कुरै भएन । फेग इन्काउन्टर सम्म उत्रेको सरकार जहाँ जे पनि गर्न सक्दछ भन्ने मनमा कुराहरु खेलाउदै पस्चिमको गाडिमा हिडे ।

हिजोसम्म पुलिसको गाडिमा म्याद थपको लागि बरगाछी तररा इटहरी हुँदै हिडेको बाटो, वरपर गराउन नहुने गरि लगाइएका हत्कडी सहितका हात । आज सार्बजनिक गाडिको सिटमा स्वतन्त्र रुपमा बसेर अन्य यात्रुका चेहराहरु नियाल्दै र बाहिरी हल्का पानी सहितको सिरेटो सङ्ग मितेरी गास्दै हिड्न पाउँदा मन आफैमा फुरुङ्ग थियो ।

आखिर मन न हो बाटो भर के के सोचियो के के । कहिले क्रान्तिको कुरा, कहिले परिवार समाज र ब्यक्तिगत जिबनका कुराहरु खेलाउदै यात्रा गरियो । कहिले आँसु कहिले हाँसो, कहिले उत्साह, कहिले आसा, कहिले निरासा, कहिले बिस्वास, कहिले धोका, यस्तै बिषयमा सोचियो ।

मनमा अजङ्गका तरङ्गहरु आउथे आफै सेलाउथे । क्रान्ती परिबर्तन र मुक्तिको कुरा सामान्य मन्चबाट भासन गरे जस्तो छैन, यो त एक जटिल प्रक्रिया हो तर अनिवार्य प्रक्रिया । त्यही जटिल तर अनिवार्य प्रक्रियामा छौ हामी ।

अहिलेको सामाजिक दलाल पुजिबाद थिलो थिलो पारेको सामाजिक ब्यबस्था त्यसका नायक संसदीय राजनितिक पार्टी र तिनका नेता त्यसकै मातहतमा चलेको अहिलेको सत्ता परिबर्तन गर्नु छ । जनताको ब्यबस्था स्थापना गर्नुछ । दलाल पुजिबादलाइ सदा सदाको निम्ति परास्त गर्नु छ । यहि महान कार्यमा जुटेका मान्छेहरु हौ हामी ।

बहादुर, साहासी र महान त्यही हो जस्ले जटिल भन्दा जटिल काम ब्यबस्थित तरिकाले हल गर्न सक्दछ । क्रान्ती एक जटिल चुनौतीपूर्ण कार्य हो कम भन्दा कम क्षतिमा जित्नु क्रान्तिकारीको तरिका हो । ब्यबस्थित त्याग बलिदान र समर्पणले जित्ने तरिका हो । हामी त्यही महान पूरा गर्ने बाटोमा छौ ।

म्याद थप्दा ओहरदोहर गरेको बाटोबाट गाडी आफ्नै गतिमा सरासर अगाडि बढ्यो । बाटो वरपरका रुख बिरुवा सडक वरपर ठिङ्ग उभिएका घरहरु सितलता प्रदान गरिरहेको पानी असरल्ल सुतिरहेको कालो पिच बाटो र वरपर गरिरहेका गाडिका लस्करहरुले म हिरासतबाट छुटेकोमा स्वागत गरिरहे जस्तो भान मलाइ हुन्थ्यो ।

मनमनै सबैलाइ अभिवादन गर्थे । जेल हिरासतको लडाइ जितेर बाहिरको क्रान्ती जित्न आइरहेको अनुभूति गर्थे । सत्य पनि त्यही हो मलाइ बाहिरको मोर्चा समाल्नु छ । प्रतिक्रियावादी सत्ता जित्नु छ । हत्याको बदला लिनुछ ।

गाडी अगाडि बढदै जादा कोसि ब्यारेज नजिक पुग्छ । कोसि ब्यारेज भारतले अन्यायपूर्ण रुपले बनाएको ब्यारेज हो । जस्का कारण नेपाली भुमी डुबानमा परेको छ । बर्सेनि बर्सातको समयमा नेपाली धनजनको क्षेती हुने गर्दछ । नेपाली जनता र भुमिमा प्रत्यक्ष असर पर्ने कोसि ब्यारेजमा बम हानेर ध्वस्त बनाइदिन नेपाली युवाहरुले हाम्रो नेतृत्व र पार्टीलाई आव्हान गरिरहेका छ्न । नेपाली भुमी र रास्ट्रलाइ प्रत्यक्ष असर पर्ने गरि विभिन्न ठाउहरुमा बाध एकपक्षिय रुपमा बनाएको छ कयौ ठाउमा पिलर सारिएको छ, भुमी मिचिएको छ । नेपाल रास्ट्र र नेपाली जनतामा भारतिय सासक बर्ग दादागिरी गर्दै आएको ।

भारतिय साम्राज्यवादको नेपाली जनताले बिरोध गर्दै आएका छ्न । तर नेपाली सत्तासिन बर्ग सधै भारतको तलुवा चाटेर बस्ने गर्दछ, चु सम्म बोल्दैन । उल्टो भारतिय साम्राज्यवादको बिरोध गर्ने शक्ति माथी जाइलाग्ने गरेको छ । जनबिरोधी साषणको भरपुर फाइदा भारतिय साम्राज्यवाद उठाउदै आएको छ ।

साम्राज्यवादलाई मनपरि गर्न सजिलो भएको छ । यस्तै सोच्दै म बाटो काटिरहे गाडी आफ्नै रफ्तारमा गुडिरहयो । म काठमाडौ जाने वा घरमा जाने भन्नेमा अझै दोधारमा थिए । कसै सङ्ग कतै सम्पर्क हुन सकेको थिएन । काठमाडौ जादा पुण: गिरफ्तार पर्न सक्ने डर थियो ।

त्यस्कारण म अन्तिम समयमा आएर घरमा गएर आराम गर्ने योजना बनाए । करिब ३ बजे बर्दिवास ओर्ले र गाडी चेन्ज गरे । यात्रै यात्राको जिन्दगिमा गर्मी थकावट र शारिरिक अस्वस्थताको ख्यालै नगरी बर्दिबासबाट गाडी चठे ।

करिब ५ बजेको सेरोफेरोमा म सर्लाहीको लालबन्दी इलाका पुगे । जहाँ पुग्दा मेरो शरीर एक्कासी जिरिङ भयो, सम्मानले टाउको झुक्यो । क्रान्ति प्रतिको जिम्मेवारी बोध बढेर गयो । जुन ठाउँ थियो प्रतिक्रियावादी सत्ताका भाडाका टट्टुहरुले हाम्रो पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या केही समय अगाडि यहि स्थान वरपर गरेका थिए ।

प्रतिक्रियावादी पुजिबादी दलालहरु प्रती घृणा पैदा भयो । मनमनै क. कुमार पौडेलको रगतको बदला लिने कसम खाए । महान शहीद कुमार प्रती टाउको निहुराएर श्रद्धाञ्जली अर्पन गरे ।

त्यहाका फाँट, जङ्गल र बस्तिहरु कुमार पौडेलको अभावमा एक्ला जस्ता देखिन्थे, निरीह देखिन्थे । चिरबिर चिरबिर कराउने चरिहरु नकराएर चुपचाप बसे जस्तो लाग्थ्यो । लालबन्दी खोलाको कुनै गडगडाहट थिएन ।

सरकारी जल्लादहरुले निर्मम र बिभत्स तरिकाले कुमारको हत्या गरेका थिए । त्यसको पिडामा सब स्तब्ध थिए । शोकाकुल थिए । मैले भित्र भित्रै प्रण गरे । हामी ज्युदाहरुले उहाका अपुरा अधुरा सपना पूरा गर्नै पर्दछ । उहाका सपना क्रान्तिलाइ बिजय सम्म पुर्याउने सपना श्रमिक जनताको ब्यबस्था बैज्ञानिक समाजबाद स्थापना गर्ने सपना एकीकृत जनक्रान्तिको माध्यमबाट पूरा गरिने छ । रगतको बदला पनि लिइने छ । क्रान्तिको बिजय हुनेछ ।

यस्तै मनमा खेलाउदै विभिन्न स्थानमा बस बदल्दै करिब १५ घन्टाको यात्रा पूरा गरे । धरानबाट सल्यान पुग्नु सामान्य कुरा पनि हैन । एक्लो यात्रा भए पनि स्वतन्त्र थिए । कुनै बन्देज थिएन । लामो हिरासत बसाइले शरीर थिलोथिलो थियो । स्वास्थ्यमा रोगले आक्रमन गरेर सताएको थियो । मलाइ केही समय स्वास्थ्य परिक्षण र आरामको जरुरत थियो ।

तर मैले क्रान्तिको कार्यभारहरु पनि पूरा गर्नु हुन्थ्यो । अस्वास्थ्यका बाबजुद पनि म क्रान्तिकै निम्ति तयार हुनु पर्दथ्यो । कम्रेडहरुले रगत बगाइसकेको अबस्थामा मेरो स्वास्थ्य र आराम गर्नु खास महत्वको हैन । बलिदान गरेर जाने महान शाहीदहरुले छोडेर गएको सपना हाम्रो काधमा लिएर अगाडि बढ्नु मेरो मुल काम हो ।

यहि निश्चय गर्दै क्रान्तिको मोर्चामा डट्नु छ । आजको मुल दायित्व एकीकृत जनक्रान्तिलाइ बिजय सम्म पुर्याउन निरन्तर क्रान्ती अभियानमा डटिरहनु हो ।

(लेखक- नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन्)

प्रकाशित मिती २०७६ साउन ३ गते

प्रकाशित मिति : २०७६ साउन ३ गते शुक्रवार