• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

चोरी गरेको मोटरसाईकल सहित दाङमा एक जना पक्राउ


साउन ४, दाङ । दाङमा मोटरसाईकल चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्लाको घोराही उपमहानगरपालिका १० नारायणपुर बस्ने बल बहादुर बाँठाको रा ४ प ७२३४ को १५० सीसीको पल्सर मोटरसाईकल चोरी गरेको आरोपमा सोहि ठाउँका २० बर्षिय रमीत केसीलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरी सार्वजनिक गरेको हो ।

केसीले मोटरसाईकलको नम्वर प्लेट परिवर्तन गरी लु ४२ प २००२ नम्वर राखेर आफनै घरमा लुकाई राखेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सवारी धनीको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा केसीलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

पक्राउ परेका केसी माथी थप अनुसन्धान भईरहेको दाङ प्रहरीले बताएको छ ।

फाइल फोटो

प्रकाशित मिति : २०७६ साउन ४ गते शनिवार