• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

दुई तिहाईको बहुमतले मुलुक दण्डहीनता र भ्रष्टाचारले ग्रस्त छ


  • शेर बहादुर डाँगी 

केहि दिन अगाडी मैले भ्रष्टाचार विरुद्ध फेसबुकमा एउटा सानो लेख पोस्ट गरेको थिए । त्यसपछ्यात मलाई सकारात्मक सोच राख्नु होस, पूर्वग्रही नहुनुहोस, अरुको विरोध गर्दा तपाइलाई खतारा हुन सक्छ भन्ने सोघोषित सल्लाहकारको ताती लाग्यो र म मनोबैज्ञानिक तरिकाले प्रतिकृया शून्यतामै रहे ।

यहाँबाट प्रस्ट हुन्छ भ्रष्टाचार हाम्रो समाजमा स्थापित छ । भ्रष्टचार सँगै तस्कारी, दलालिकारण, खुल्लाबजार अर्थतन्त्र, उपभोक्ता बादी समाज, पुजिबाद, दण्डहिनता आजको नेपालका प्रमुख दुस्मन हुन् । जसको कारण हाम्रो लाखौ युवा युवतिले आफ्नो जवानी खाडिमा बेच्न बाध्य छन् ।

म एउटा दृष्ट्रिकोणमा उभिए । मेरो लागी एउटा तप्का जुन कहीँ न कहीँ अनियमितताको चिल्लो स्वाद चाखिरहनु भएको थियो होला उहाँको चित्त दुखेछ । तपाइहरु र मेरो मार्ग उल्टो छ मित्र हरु । म तपाईको विरुद्ध अर्जुनको गाण्डबबाट निस्केको बान जस्तै तेज अभिबेक्ती र लेख लेख्ने छु । तपाई देखी म हिजो पनि नराम्रो थिए । आज पनि छु र भोली पनि रहनेछु । यो मेरो खुल्ला चुनौती हो ।

व्यबस्था परिवर्तनको पासो फालेर पुनः आफ्नो सत्ताको स्वर्गलाई निरन्तरता दिने नेपाली राजनितिको निरन्तरतालाई अब क्रमभंग गर्न आबश्यक छ । राज्यका सबै बैधानिक अंगहरु जस्तै अदालत, अख्तियार, स्वतन्त्र प्रेस, सरकारबाट प्रभाबित भयो भने त्यहाँ लोकतन्त्र समाप्त हुन्छ । आज दुई तिहाई बहुमतले सबै बैधानिक अंगहरुलाई निरिह बनाएको छ जसको परिणाम दण्डहीनता र भ्रष्टाचार मुलुकमा ग्रस्त छ ।

अख्तियार अनुसन्धान आयोगको प्रमुखलाई प्रतिपक्षको सिफारिसमा नियुक्त गर्ने  र सांसदको प्रभाबबाट मुक्त गरेर अत्यन्त असल छबी भएको र देश प्रति समर्पित मानिस नियुक्ती भयो भने केहि मात्रामा भ्रष्टाचार नियन्त्रण हुन्छ भन्ने मेरो तर्क छ । किनकी भ्रष्टाचार सरकारकै निकायबाट हुन्छ । अन्यथा बिरालाको घिउ बेचेर हुन्छ या बुहारीको जिउ बेचेर हुन्छ, पैसा कमाउ भन्ने मान्यताले मुलुक ग्रस्त हुने छ ।

नेपाल अहिले (राइट मेन राइट प्लेस) नहुँदा विकासको गति स्थिर बनेको छ । यसको उदाहरण यदी प्रधानमन्त्रीले झाडो समाएको तस्बिर सामाजिक संजालमा पोस्ट भयो भने रातारात देबत्वकारण गर्ने ठुलो भजन मण्डली कार्यकर्ताको झुण्ड बनेको छ । यहाँ प्रधान मन्त्रीले झाडो लागाउने होइन । झाडो लगाउने आफ्नो कर्मचारीलाई कार्य सम्पादनमा खटाउनु हो । यही हो मेरो राइट मेन राइट प्लेसको तर्क ।

केहि दिन अगााडी संघिय सांसदमा बजेटको लागी मानानीयहरुले नाभी देखिको बल लगाउनु भयो र अर्थमन्त्रीले ६ करोड दिने घोषणा गरिदिनु भयो । त्यसपछ्यात सांसदमा अर्थमन्त्रीको विरोधको आवाज सुनिन छाड्यो । यसको सट्टा उक्त बजेटले क्रमैसँग प्रत्येक प्रदेशमा ठुला उद्योग खोलेर बेरोजगारीलाई रोजगार दिने र राष्ट्रिय आय वृद्धि गर्ने प्रस्ताव सांसदमा कुनै मानानियले लिएको भए म उक्त मानानियलाई गोर्खे सलामी हान्ने थिए ।

त्यसैले दृष्ट्रिकोण बनाउ, भजन मण्डली नबनौं, बस्तुगत समर्थन र विकल्प सहित आलोचना गरौ, र स्वाभिमानी नेपाली बनौं यो अभियानमा सबै जुटौं ।

लेखक पप गायक हुन्

प्रकाशित मिती २०७६ साउन ४ गते । 

 

प्रकाशित मिति : २०७६ साउन ४ गते शनिवार