• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाङमा यातायातको ट्रायल दिने स्थानमा सिसिक्यामेरा जडान


साउन ४, दाङ । यातायात व्यवस्था कार्यालय दाङले ट्रायल परीक्षा स्थानमा सिसिक्यामेरा जडान गरेको छ । ट्रायल परीक्षालाई चुस्त, दुरुस्त तथा मर्यादित बनाउनका लागि कार्यालयले मैदानमै सिसिक्यामेरा जडान गरेको हो ।

विभिन्न समयमा नतिजा पार्दशी नभएको जनगुनासो र अख्तियारमा समेत उजुरी परेपछि नजितालाई पार्दशी बनाउन गत असार १ गतेदेखि तुलसीपुर ६ मा रहेको ट्रायल परीक्षा स्थानमा सिसिक्यामेरा जडान गरेको कार्यालयका प्रमुख मित्रलाल ढकालले बताए । उनकाअनुसार ट्रायल दिने स्थानमा ५ वटा सिसि जडान गरिएको छ । ट्रायल परिक्षा दिनेहरुलाई त्यही क्यामेराबाट निगरानी गरिदै आएको समेत उनको भनाइ छ ।

क्यामेरा जडानको लागी करिब डेढ लाख खर्च भएको प्रमुख ढकालले बताए । उनले यो कार्य प्रदेश ५ कै पहिलो भएको दाबी गरे । उनले भने, “कसैले रिजेल्ट दिई चित्त नबुझेमा सिसिक्यामेराको भिडियो हेरेर के कस्तो रहेछ भन्ने थाहाँ पाउन सकिन्छ, रिजेल्ट  पनि पार्दशी हुन्छ ।”

त्यसैगरी विगत एक वर्षअघि कार्यालयमा समेत सिसिक्यामेरा जडान गरिएको छ ।  कार्यालयमा सिसिक्यामेरा जडान गरिएसँगै बिचौलिया प्रवेशमा कमी आएको समेत कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०७६ साउन ४ गते शनिवार