• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

म जेल जान तयार छु : काँग्रेस महासचिव


साउन ४, भारत । भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छन् ।

गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरूका आफन्तलाई भेटेपछि प्रियंकाले यस्तो बताएकी हुन् ।

‘पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु’, उनले सामाजिक संजाल ट्विटरमा लेखेकी छन् । उनले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि गरेकी छन् ।

प्रियंकालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सरकारले पीडितका परिवारलाई भेट्न दिएको थिएन। उनलाई सरकारले नियन्त्रणमा लिएको थियो । हिरासतमा राखेको थियो।

आफूले हिंसा नचाहेको र उनीहरूलाई आफूले जसरी पनि भेट्न चाहेको र त्यो पूरा भएको बताएकी छन्। सोनभद्रामा १० जना किसानको हत्या भएको थियो । सयौँ व्यक्ति घाइते भएका थिए।

दुई पक्षबीच भएको भिडन्तमा उक्त घटना भएको थियो। यसलाई आधुनिक भारतमा लज्जास्पद भएको प्रियंकाको भनाइ थियो ।

-एजेन्सी

प्रकाशित मिति : २०७६ साउन ४ गते शनिवार