• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

चर्चित जनगायक माइला लामा गिरफ्तार


साउन ५, काठमाडौं । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा चर्चित जनगायक माइला लामालाई प्रहरीले गिरफ्तार गरेको छ ।

नेकपाका उपत्यका ब्यूरो इन्चार्ज समेत रहेका लामालाई आइतबार मध्यराती काठमाडौंको काँडाघारीबाट गिरफ्तार गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

उनलाई विशेष सूचनाको आधारमा काँडाधारीबाट राती साढे १२ बजेतिर पक्राउ गरिएको उनको भनाई छ । नेता लामासँगै कार्यकर्ता रेशम तामाङ पनि गिरफ्तार परेका छन्।

जनवादी गायक समेत रहेका लामा नेकपाका प्रभावशाली नेता मानिन्छन् । उनले यसअघि राष्ट्रिय हित र गरिब दुखीका पक्षमा थुप्रै गीतहरु रेकर्ड गरेका छन् ।

प्रकाशित मिति : २०७६ साउन ५ गते आइतवार