• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

विप्लवसँग प्रतिकार गर्न सरकारले मात्रै सक्दैन् : मन्त्री बाँस्कोटा


साउन ५, धुलिखेल । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटाले विप्लवसँग सरकारले मात्रै प्रतिकार गर्न नसक्ने बताएका छन् । काभ्रे उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री बाँसकोटाले विप्लवसँग प्रतिकार गर्न व्यवसायीहरुलाई आग्रह गरे ।

विप्लवलाई व्यवसायीहरुले नै सघाएको उनले आरोप समेत लगाएका छन् । उनले प्रश्न गरे, “सरकारले मात्र सुरक्षा दिनुपर्ने ? बन्दुक किन्ने पैसा तपाईं आफै दिने अनि धम्की नआए के आउँछ ?”

विप्लव नेकपालाई चन्दा दिने व्यवसायीलाई सरकारसंग सुरक्षा माग्ने हक नभएको मन्त्री बाँस्कोटाले चेतावनी दिए । उनले बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने बताए । बाँस्कोटाले सरकार निजी क्षेत्रसँग मिलेर अघि बढ्न तयार रहेकाले आन्दोलन घोषणा नगर्न व्यवसायीलाई सुझाव दिए ।

 

प्रकाशित मिति : २०७६ साउन ५ गते आइतवार