• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

नेकपा सल्यानको इन्चार्जमा टेक बहादुर बस्नेत, सह–इन्चार्ज गुलावजंग शाह


साउन ५, सल्यान । नेपाल कम्युनिस्ट पार्टीले ७७ वटै जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाउदा सल्यानमा टेक बहादुर बस्नेत इन्चार्ज र गुलावजंग शाह सह–इन्चार्ज बनेका छन् । बस्नेत पुर्व माओवादी र शाह पुर्व एमालेबाट बनेका हुन् । दुवै नेकपाको केन्द्रीय सदस्य हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पार्टी सचिवालय बैठकले जिल्ला कार्यसमितिकै हैसियतमा रहने गरि इन्चार्ज र सह–इन्चार्जका टुंगो लगाएको हो । साविककै पार्टीका इन्चार्जलाई तोक्ने भनेपनि सल्यानमा त्यो लागु भएको देखिएन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रका तत्कालीन जिल्ला इञ्चार्जहरूले नै इञ्चार्ज र सह–इञ्चार्जको जिम्मेवारीमा रहनेगरी भाग लगाएपनि सल्यानमा तत्कालिन माओवादीमा त्यो देखिएन् । सल्यानमा तत्कालिन माओवादीको इन्चार्जमा नेव बहादुर कँवर ‘विवेक’ थिए । तर अहिले उनलाई बाइपास गरेर तत्कालिन माओवादीको सचिवालयमा रहेका बस्नेतलाई इन्चार्जमा ल्याइएको हो ।

एमालेमा भने नितीबद्द देखिएको छ । शाह तत्कालिन एमालेका जिल्ला इन्चार्ज थिए । निती अनुसार नै उनलाई अहिले सह–इन्चार्ज बनाइएको देखिएको छ ।

यसअघि तत्कालिन पार्टीका जिल्ला इन्चार्जले नै अहिले नेतृत्व गर्ने भन्ने कुरा बाहिरीएपछि तत्कालिन माओवादीका इन्चार्ज विवेक पनि नेतृत्वको लागी लविङमा थिए । उनलाई नै बनाउनु पर्छ भन्ने पक्षमा गृहमन्त्री बादल देखिएपनि प्रचण्डले बस्नेतलाई तोकेको श्रोतले लेकाली अनलाइनलाई बतायो ।

प्रकाशित मिति : २०७६ साउन ५ गते आइतवार