• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

जंगली च्याउ खाँदा दाङमा ३ जना बिरामी


साउन ५, दाङ । दाङमा जंगली च्याउ खाँदा ३ जना बिरामी भएका छन् ।

आइतबार दिउसो ३ बजेतिर जंगली च्याउ खाँदा जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १७ भैसाही निवासी ६८ बर्षीया दुर्गा रेग्मी, उनका ३१ बर्षीय छोरा जिवराज रेग्मी, २० बर्षीय संगीता रेग्मी बिरामी भएका हुन् ।

दुर्गा र जिवराज गम्भीर बिरामी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । । उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल घोराहीमा उपचार पछि आजै थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।

प्रकाशित मिति : २०७६ साउन ५ गते आइतवार