• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

प्रचण्डले बीपीलाई पहिल्यै चिनेको भए १७ हजार मारिने थिएनन् : विश्वप्रकाश


साउन ६, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिपी कोइरालाई प्रचण्डले पहिल्यै बुझेको भए १७ हजारको ज्यान गुमाउनु नपर्ने टिप्पनी गरेका छन् । बीपी स्मृति दिवसको अवसरमा सोमबार सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको बीपीको विचार र वर्तमान राजनीतिक अवस्था विषयक विचार गोष्ठी तथा सहिद स्मारिका विमोचन कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रचन्डले प्रधानमन्त्री हुँदा सुन्दरीजलमा बीपीको कोट सुम्सुम्याएर मेरो प्रेरणाको स्रोत बीपी हो भनेको स्मरण गर्दै शर्माले भने, “प्रचण्डले पहिल्यै बिपीलाई बुझेको भए १७ हजारकोको ज्यान जाने थिएन । थुप्रै कांग्रेसले कात्रो ओढ्नुपर्ने थिएन । विप्लव अहिले जंगलमा छन् । अबको १० वर्षपछि उनले पनि बीपीलाई चिन्नेछन् । उनले पनि भन्नुपर्ने दिन आउने छ, बीपी मेरो प्रेरणा हो ।”

राजाले समयमै बीपीलाई चिनेको भए आज उज्यालो नहुँदै नागार्जुनको जंगलमा ह्विस्की पिएर बस्नुपर्ने अवस्था राजसंस्थाको नआउने शर्माले टिप्पणी गरेका छन् । उनले भने, “बीपीले राजा र मेरो गर्धन जोडिएको छ भन्दा उहाँलाई मृत्युदण्डको माग भयो, तर उहाँले भनेको कुरो अहिले सार्थक भएको छ । राजाले उहाँको भनाइ बुझेको भए अहिले राजसंस्था समाप्त हुने थिएन । मदन भन्डारीले झापा काण्डपछि भनेका थिए–मलाई मन पर्ने खाजा मःम र मन पर्ने नेता बिपी । उनले पहिल्यै बीपीलाई बुझेको भए झापामा थुप्रै कांग्रेसलाई कम्युनिस्टले मार्नु पर्थेन ।”

 

प्रकाशित मिति : २०७६ साउन ६ गते सोमवार