• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

२ महिनामै बन्यो सल्यान बनगाड क्याम्पसको भवन


दुर्गा विसी/साउन ६, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर ६ कालागाउँमा रहेको बनगाड क्याम्पसको २ महिनामै भवन निर्माण सम्पन्न भएको छ । वि.सी. निमार्ण सेवाका भरत वस्नेतले ११ लाखमै भवन तयार गरि क्याम्पसलाई हस्ताणतरण गरेका हुन् ।

बनगाड कुपिण्डे नगरको आर्थिक वर्ष २०७५।०७६ मा २० लाख विनीयोजित वजेटमा भवनको दोस्रो तला थपको काम टेण्डर आह्वानको प्रतिशपर्धामा ११ लाखमा वि.सी. निर्माण सेवाले निर्माणको जिम्मा पाएको थियो । २ महिना मै भवनको काम सम्पन्न भएकोमा नगरप्रमुख गोविन्द कुमार पुनले निर्माण कम्पनीका प्रो पराइटर भरत वस्नेतलाई धन्यवाद दिएका छन् ।

नगरको स्टमेट र सम्झौता अनुसार गुणस्तरिय काम भएको प्राविधिक प्रतिवेदनले जनाएको छ । नगरका अन्य स्थानमा ३ वर्ष सम्म पनि भवनका काम अलपत्र परेका छन् । तर उक्त भवनको काम दुई महिनामा सम्पन्न गरेकोमा क्याम्पस प्रमुख गणेश चन्दले समेत निर्माण व्यवसायीको प्रसंसा गरेका छन् ।

प्रकाशित मिति : २०७६ साउन ६ गते सोमवार