• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

सुन्दर सल्यान : मनै लोभ्याउने शारदा नदिको फाँट (फोटो फिचर)


बामदेव केसी/ साउन ७, सल्यान । मध्य पहाडी जिल्लामा अवस्थित सल्यान पर्यटकिय तथा धार्मिक सम्पदाले भरिपुर्ण मानिन्छ । ३ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको सल्यानको प्रमुख जिविकोपार्जन कृषि हो ।

यहाँ बेशीमा खेत तथा पहाडमा गरा बनाएर खेति गर्ने प्रचलन छ । त्यसमध्यको कृषिको लागी उर्वर भुमि मानिन्छ शारदा नदिको फाँट ।

शारदा नदि सल्यानको प्रमुख नदिको रुपमा रहेको छ । बागचौर नगरपालिकाको शिवरथ लौराबाङबाट उत्पत्ती भई यो नदि जिल्ला भित्र सयौँ किलोमिटरको दुरी भएर बग्ने गर्दछ ।

यो नदि सल्यानको कालिमाटीमा दाङबाट आउने बबई नदि सँग मिसिन्छ । बबई नदि सँग मिसिएर सल्यानको भाग बग्दै बर्दियाबाट भारतमा पुग्छ । यसलाई भारतमा सयुर नदिको नामबाट चिनिन्छ ।

शारदा नदिको किनारमा थुप्रै समथर उब्जाउ फाँटहरु रहेका छन् । शारदाको किनारमा बागचौर नगरपालिका, सिद्वकुमाख गाउँपालिका, शारदा नगरपालिका, छत्रेश्वरी, त्रिवेणी र कालिमाटी गाउँपालिका पर्दछन् ।

आज हामी तपाईलाई राप्ती राजमार्गको तिरमा रहेको शारदा नदिको फाँटमा अवस्थित त्रिवेणी, छत्रेश्वरी, शिद्धकुमाख गाउँपालिका र शारदा नगरपालिकाका केहि रमाईला दृश्य देखाउदै छौँ ।

 

तस्बिर: बामदेव केसी 

प्रकाशित मिति : २०७६ साउन ६ गते सोमवार