• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा प्रहरीको भ्यानले ठक्कर दिँदा बालिका घाईते, आइसियुमा राखेर उपचार हुँदै


साउन ७, सल्यान । सल्यानमा प्रहरीको भ्यानले ठक्कर दिँदा एक बालिका गम्भीर घाईते भएकी छन् । इलाका प्रहरी कार्यालय लुहामको भ्यानले सोमबार साँझ ठक्कर दिदा त्रिवेणी गाउँपालिका ६ लुहाम निवासी २ वर्षीया रुपा श्रेष्ठ गम्भीर घाईते भएकी हुन् ।

घाईते लगतै उनलाई श्रीनगरको कान्तिपुर सामुदायीक अस्पतालमा ल्याइएपनि त्यहाँ उपचार हुन नसक्दा नेपालगंज लगिएको प्रहरी श्रोतले जनाएको छ । उनको अहिले आइसियुमा राखेर उपचार भैरहेको आमा लक्ष्मी श्रेष्ठले लेकाली अनलाइनलाई बताइन् । भ्यानको ठक्करबाट बालिकाको टाउकोमा चोट लागेको छ ।

उपचारमा सल्यानबाट एकजना प्रहरी गएपनि खर्चको लागी अहिलेसम्म कुनै आर्थिक सहयोग नआएको आमा लक्ष्मीले बताइन् । उनले भनिन्, “सबै खर्च पठाउछौँ भनेर प्रहरीबाट आश्वासन त आएको छ तर अहिलेसम्म कुनै पैसा आएको छैन् ।”

यता इलाका प्रहरी कार्यालय लुहामले भने आफ्नो भ्यानेले ठक्कर दिएको स्वीकार गरेको छ । तर बालिकाको अवस्था सामान्य भएको भन्दै ठुलो केश नभएको प्रहरीको दाबी छ ।

लेकाली अनलाइन सँग कुरा गर्दै लुहामका सई केश बहादुर चन्दले भने, “हाम्रो भ्यानले थोरै ठक्कर दिएको हो । अवस्था सामान्य छ, उपचारमा लाग्ने सबै खर्च पठाइदिरहेका छौँ । उहाँले कुनैपनि खर्च तिर्नुपर्दैन् । साथमा एउटा प्रहरी पनि पठाएका छौँ ।” घटनाको प्रकृती त्यती ठुलो नभएको भन्दै उनले चालकलाई विभाग्यसम्मको कारबाही हुने बताए ।

संकेतिक तस्बिर 

 

प्रकाशित मिति : २०७६ साउन ७ गते मङ्गलवार