• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

नेपाल मगर संघ युएई अलऐनको जुलाई २६ मा अधिवेशन


साउन ६, सल्यान । नेपाल मगर संघ युएई शाखा अलऐन क्षेत्रीय समितीले आउदो जुलाई २६ मा ९ औँ अधिवेशन गर्ने भएको छ । जसको लागी सम्पुर्ण तयारी पुरा भएको मगर संघका रामु मगरले जानकारी दिएका छन् ।

हरेक मगर समुदायहरुले आफ्नो भेषभुषालाई जगेर्ना गर्दै ९ औँ अधिबेशन सम्पन्न गर्न लागेको उनले बताए । अलऐनमा हुने अधिवेशन भव्य रुपमा सम्पन्न हुने भएकोले उपस्थितीको आली आयोजकले सबैलाई अनुरोध गरेको छ ।

मगर संघ युएई अलऐनले यस अघि विभिन्न सामाजिक कार्य गर्दै आएको छ । जसले सल्यान शारदा नगरपालिका १३ स्यानिखाल जोगिचौरका क्यान्सर पीडित ऋषि भन्डारीलाई पनि  केहि महिना अघि आर्थिक सहयोग गरेको थियो ।

 

प्रकाशित मिति : २०७६ साउन ७ गते मङ्गलवार