• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सल्यान कपुरकोटमा टमाटर प्रतिकेजी ६० रुपैयामा बिक्री, अन्य तरकारी भाउ यस्तो छ ?


साउन ७, सल्यान । मंगलबार सल्यान कपुरकोटमा लागेको तरकारी बजारमा किसानहरुले आफुले उत्पादन गरेको ताजा तरकारि तथा फलफुल विक्रि गरेका छन् । विभिन्न ठाउँबाट आएका ब्यापारिहरुलाइ किसानहरुले तरकारी विक्रि गरेका हुन् ।

मंगलबार किसानले टमाटर प्रतिकिलो ५० देखि ६० रुपैयाँमा विक्रि गरेको कृषि उपज बजार केन्द्र कपुरकोटले जनाएको छ । यस्तै हरियो बन्दा गोभी २५ देखि ३२, सेतो बन्दा गोभी १२ देखि १५, फुल गोभी ५० देखि ७० रुपैयाँ प्रतिकिलो विक्रि भएको छ ।

सिमि १०० देखि १२०, भेडे खुर्सानी ५५ देखि ६२, काँक्रो ४० देखि ५५, मुला ५५ देखि ६०, हरियो खुर्सानी ५० देखि ५५, अदुवा १५५ देखि १६० र नास्पती १० देखि १२ रुपैयाँ प्रतिकिलोमा विक्रि भएको बजार केन्द्रले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ साउन ७ गते मङ्गलवार