• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

स्थानीय तहबाट हुने कामहरुलाई पार्दशी बनाउन सल्यानमा हस्ताक्षर


साउन ७, सल्यान । सल्यानमा स्थानीय तहबाट हुने कामहरुलाई पार्दशी, जावाफदेहि र शुसासन कार्यन्वयनमा  पहल गर्नको  लागी हस्ताक्षर संकलन गरिएको छ । स्थानीय तहमा नागरिक सहभागीता,  पार्दशीता, जवाफदेहिता, निष्पक्ष प्रशासन मार्फत सुशासन कायम गर्न हस्ताक्षर संकलन गरिएको हो ।

पारस्पारिक जवाफदेहिता, परियोजना अन्र्तगत हरप्रेस सल्यानले सदरमुकाम खलंगामा आयोजना गरेको साझा सभा कार्यक्रममा जिल्लाका नागरिक समाज, जनप्रतिनिधी, सरोकारवाल, पत्रकार लगायतले हस्ताक्षर संकलन गरेको हुन् ।

स्थानीय तहमा सुशासन समिती गठन गरी प्रभावकारी रुपमा संचालन गर्नुपर्ने, विद्युतिय सुचना प्रविधिको बिकास गरी सहज सुचना प्रवाह गर्नुपर्ने आफुले गरेका कामहरुलाई प्रभावकारी बनाउनु पर्ने, दिने सेवा सुबिधा, बिकास निर्माणका कामहरु सहज रुपमा नागरीकहरुले थाहा पाउने गरी सार्बजनिक हुनुपर्ने भन्दै हस्ताक्षर संकलन गरिएको छ ।

यस्तै गुनासो सुनुवाई समिती निर्माण र गुनासो सुन्ने अधिकारीको व्यवस्था गरी गुनासोकर्तालाई गुनासो सुनुवाईको अवस्था बारे जानकारी दिने, सेवाप्रवाहलाई गुणस्तरीय र प्रभाकारी बनाउन नियमित सार्बजनिक सुनुवाईको आयोजना गर्नुपर्ने, सामाजिक परिक्षणको आयोजना गर्नुपर्ने लयागत कुराहरु स्थानीय तहले लागु गर्नु पर्ने सुशासन प्रबृद्धनका लागी भन्दै हस्ताक्षर संकलगन गरिएको पारस्पारीक जवाफदेहिता परियोजनाका कार्यक्रम संयोजक दिपेन्द्र शाहीले बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका अध्यक्ष केश बहादुर बिष्टले बन्नु पर्ने कानुहरु नबन्नाले स्थानीय तहरुबाट हुने कामहरुमा ढिलाई भएको बताए । विशषज्ञ अभावका कारण जिल्लामा कृषिका कार्यक्रमहरु धेरै अल्पत्र अबस्थामा पुगेको भन्दै उनले पार्दशीता नदेखिएको बताए ।

धेरै विकासका कार्यक्रमहरु पार्दशीता नदेखिएकाले सबैले नागरीकलाई माथि राखेर आफनो जिम्मेवारी पनलाई देखाएर हरेक निकायले बढि जिम्मेवारी बन्नु पर्ने बताए । कार्यक्रममा शारदा नगरपालीकाका उपप्रमुख साबित्रा बस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी थमन खडका उपस्थिीति रहेको थियो । कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ सल्यानका सहसचित्र शिब डागीले गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ साउन ८ गते बुधवार