• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

‘दीप–गोविन्द सृजनात्मक पत्रकारिता’बाट सल्यानका विमल आचार्य सम्मानित


साउन ८, काठमाडौं । दीप–गोविन्द स्मृति सम्मान कोषले सृजनात्मक पत्रकारितातर्फ सल्यान निवासी विमल आचार्यलाई सम्मान प्रदान गरेको छ । सल्यान खलंगा घर भएका पत्रकार, लेखक तथा सम्पादक आर्चायलाई ‘दीप–गोविन्द स्मृति सम्मान’ अन्तर्गत सृजनात्मक पत्रकारितातर्फ यो वर्ष ‘गोपाल गोतामे स्मृति सम्मान’ प्रदान गरिएको हो ।

आचार्य हाल अन्नपूर्ण पोस्ट दैनिकमा शनिबारीय परिशिष्टांक ञफुर्सदझ संयोजकका रूपमा क्रियाशील छन् । आख्यानकार ध्रुवचन्द्र गौतमले आफ्ना आमाबाबु तथा दाजुहरुको नाममा २०६० सालमा स्थापना गरेको उक्त सम्मान तथा पुरस्कार हरेक वर्ष प्रदान गरिदै आइएको छ । ‘गोपाल गोतामे स्मृति सम्मान’मा १० हजार रुपैयाँको पुरस्कार राशी रहेको छ ।

आख्यानकार गौतमका दाइ समेत रहेका गोपाल गोतामे पेशाले पत्रकार थिए । उनकै सम्झनामा यो सम्मान पुरस्कार पत्रकारिता जगतमा सृजनशिलता देखाउने पत्रकारलाई दिने गरिएको छ । पत्रकारको रुपमा यो वर्ष विभिन्न पत्रिकामा रहेर आफ्नो सृजनशिलता मार्फत् समाजमा सकारात्मक परिवर्तन ल्याउन गरेको यागदानको कदरस्वरुप आचार्यलाई यो वर्षको सम्मान प्रदान गरिएको गौतमले उल्लेख गरे ।

अन्य ३ सम्मानमा ३ जना पुरस्कृत

कोषअन्तर्गत, दीप–गोविन्द स्मृति सम्मान ‘निदाउन नसकेका रातहरु’ कथासंग्रहका लागि कथाकार गोपाल अश्कलाई प्रदान गरिएको छ । १५ हजार रुपैयाँसहितको यो सम्मान कोषका संस्थापक गौतम र सहकारी अभियन्ता नेकपा नेता केशव बडालले प्रदान गरेका थिए ।

उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिकोत्सवका अवसरमा आयोजित कोष सम्मानमा ‘अविश्रान्त’ उपन्यासका लागि अम्बिका अर्याललाई पनि सम्मानित गरिएको थियो । यसैगरी, निरन्तर गद्यलेखनमा योगदान पुर्‍याएबापत् साहित्यकार रमेश गोर्खालीलाई यस वर्षको धच गोतामे स्मृति सम्मान प्रदान गरिएको छ ।

ध्रुवचन्द्र गौतम र धनुषचन्द्र गोतामे साख्खे दाजुभाइ हुन् । उनीहरूले क्रमशः ‘अलिखित’ र ‘घामका पाइलाहरू’ उपन्यासका लागि मदन पुरस्कार पाएका थिए । गोपाल गोतामे पनि यी गौतम ब्रदरका दाजु एवम् वीरगन्जका पुराना पत्रकार हुन् ।

मंगलबार राजधानीमा भएको सम्मान समारोहमा साहित्यकार नगेन्द्रराज शर्मा, ध्रुव सापकोटा, रोशन थापा ‘निरव’ लगायतले बोलेका थिए ।

 

प्रकाशित मिति : २०७६ साउन ८ गते बुधवार