• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा राष्ट्रिय परिचय पत्र वितरण सुरु


साउन ८, सल्यान । सल्यानमा राष्ट्रिय परिचय पत्र वितरण सुरु गरिएको छ । नागरिकको वैयत्तिक विवरणलाई सुरक्षित गर्ने उद्देश्यका साथ मंगलबारबाट राष्ट्रिय परिचय पत्र वितरण गरिएको हो ।

पहिलो चरणमा सल्यान सहित १६ वटा जिल्लामा लागु हुनेगरी राष्ट्रिय परिचय पत्र वितरण हुने प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानले बताए । राष्ट्रिय परिचय पत्रले नागरिकलाई विभिन्न किसिमका सेवा सुविधा उपलब्ध गराउन सहयोग पु¥याउने बहुउपयोगी कार्डका रुपमा राष्ट्रिय परिचयपत्र प्रयोग हुने उनको भनाई छ ।

ब्यक्तिको राष्ट्रिय पहिचान पत्र, मतदाता परिचयपत्र, जग्गा जमिन र अन्य सम्पतिको अभिलेखका रूपमा, बैंकिङ कारोवारको अभिलेख, सामाजिक सुरक्षा कार्डका रूपमा, सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा परिचय पत्रको उपयोग गर्न सकिने उनले बताए ।

राष्ट्रिय परिचय पत्र कार्ड बनाउदा अनिवार्य रुपमा नागरिकताको सक्कल चाहिने प्रजिअ न्यौपानेले बताए । उनले भने, ‘यो पत्र स्मार्ट कार्ड जस्तो हुन्छ, जसमा व्यक्तिको सम्पुर्ण विवरण राखिएको हुन्छ । दश अक्षरको परिचय पत्र नम्बर हुन्छ । जसले व्यक्तिलाई चिनाउन मदत पुग्छ ।’ सुरुवाती चरणमा आफुहरुले कार्यालयबाटै परिचयपत्र दिने र पछि सम्भव भएसम्म वडा/वडामा गएर शिवीर संचालन पनि गर्ने उनले बताए ।

व्यक्तीको पहिचानसम्बन्धी समस्या समाधान गर्न, ब्यक्तिको जैविक तथा व्यक्तिगत विवरण प्राप्त गर्न, एउटै राष्ट्रिय परिचयपत्रबाट विविध सेवा प्राप्त गर्न सकिने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका इन्जिनियर राम थापाले बताए ।

गैर आवासीय–नेपाली र विदेशीको तथ्यांक यकिन हुने भएकाले पनि परिचय पत्र निकै महत्वपूर्ण हुने उनको भनाई छ । उनले भने ‘यसले दोहोरो परिचय वा नक्कली परिचय बनाउने जस्ता अपराध नियन्त्रण हुने छ ।’ उनका अनुसार परिचय पत्रमा व्यक्तिको वैयक्तिक पहिचानका लागि छुट्टा–छुट्टै परिचय नम्बर प्रदान गरिने र सोही नम्बरका आधारमा व्यक्तिको पहिचान गरिने छ ।

मंगलबार भएको परिचय पत्र वितरणको सुरुवात सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले सक्कल नागरिकता, आफु स्वयम उपस्थित भई औँलाको छाप र फोटो खिचेर सुरुवात गरेका हुन् ।

 

प्रकाशित मिति : २०७६ साउन ८ गते बुधवार