• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

शिल्पा र छबि विरुद्ध पक्राउ पुर्जी जारी, दुवैलाई कसले दियो उजुरी ?


साउन ८, काठमाडौं । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान शरु गरेर उनीहरु दुबै जनाको खोजी भईरहेको प्रहरीले जनाएको छ । निर्माता ओझाकी जेठी पत्नी हेमाले छवि र शिल्पालाई विपक्षी बनाई महानगरीय प्रहरी वृत्त गौशालामा बहुबिबाहको उजुरी दिएपछि सोहि उजूरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको र दुवैको खोजि कार्य अघि बढाइएको प्रहरिले बताएको छ।

हेमाले आफूले पहिलेदेखि छवी र शिल्पा बिचको सम्बन्धका बारेमा सुनेपनि कतै दर्ता गरिएको प्रमाण फेला पार्न नसकेको र पछि उनीहरु दुईबीचको डिभोर्सको कुरा आएपछि प्रमाण भेटि उजूरी दर्ता गराएको पत्रमा उल्लेख गरेकी थिईन ।

प्रकाशित मिति : २०७६ साउन ८ गते बुधवार