• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

सल्यान दार्माको झ्यारिबाङमा स्वास्थ इकाइ उद्घाटन


प्रकाश शर्मा/साउन १०, दार्मा । सल्यानको दार्मा गाउँपालिका वडा नम्बर २ झ्यारिबाङमा स्वास्थ इकाइ उद्घाटन गरिएको छ । दार्मा गाउँपालिका वडा नं. १, २ र ६ का जनसमुदायले सेवा पाउने गरी झ्यारिबाङमा स्वास्थ्य इकाइ बनाइएको हो ।

गाउँपालिका अध्यक्ष निम बहादुर केसी, उपाध्यक्ष टीका शर्मा लगाएतले शुक्रबार इकाइको उद्घाटन गरेका हुन् । नेपाल सरकारबाट ३५ प्रकारका औषधी पाइने र सो अनुसारका रोगहरुको उपचार हुने इकाई प्रमुख बिरेन्द्र केसीले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष केसीले दार्माली जनतालाई प्रत्यक्ष लाव हुनेगरि सेवा दिन आफुहरु लागिपरेको बताए । उनले यसको कार्यन्वयनको लागी पनि विभिन्न तह तप्ताका व्यक्तीलाई निर्देशन दिएका छन् । अबको केही दिनमै गाउँपलिकाको केन्द्र फारुलामा बिजुली बत्ति बल्लने र बाँकी वडाहरुमा एक वर्षमा बत्ती पुर्याउने उनको दाबी छ ।

यस्तै उपाध्यक्ष शर्माले आकांक्षाअनुसार काम भैरहेको बताइन् । उनले गलत कामको खबरदारी गर्न जनता लाग्नुपर्ने पनि बताइन् । न्यायक समितीकी संयोजक समेत रहेकी उनले दार्माली जनता सहज रुपमा न्यायका काममा सरिक भएको र आफ्ना क्षेत्राधिकार भित्रका स्थानिय कानुन निर्मान गरि कार्यन्वयन गरिएको बताइन् ।

कार्यक्रममा भवन निर्माणको लागी निशुल्क जग्गा दान गर्ने गमान पाण्डेलाई सम्मान गरिएको थियो । वडा नम्बर २ का अध्यक्ष डिल्ली बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण इकाई प्रमुख बिरेन्द्र केसीले गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ साउन १० गते शुक्रवार