• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानको सिन्दुरेमा सर्वे भएको ४० वर्षसम्म पुल बनेन्, जोखिम मोलेर खोला तर्दै


साउन १०, सल्यान । सल्यानको सिन्दुरेमा सर्वे भएको ४० वर्षसम्म पनि पुल बन्न सकेको छैन् । छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ अर्थात साविकको दमाचौर गाविसमा पर्ने सिन्दुरेमा ४० वर्षसम्म पनि झुलुङ्गे पुल नहुँदा स्थानीयबासी फेट्केको सहारामा जोखिम मोलेर खोला तर्न बाध्य छन् ।

वर्षामा बाढि आउदा फट्केको भरमा वारपार गर्दै आइरहेको स्थानीय वेद बहादुर चन्दले बताए । उनले भने ‘विद्यालय जाने बालबालिका, वडा कार्यालयमा जाने सेवाग्राही  र दैनिक कामकाज गर्न वारपार गर्ने सर्वसाधारण फट्केको भरमा वारपार गर्दै आई रहेका छन् ।’

धोबाटे खोलामा पुल नहुँदा अहिलेसम्म खोलाले बगाउदा एक जनाको ज्यान गई सकेको छ भने थुप्रै पशुचौपाया मरि सकेका छन् । खोलामा पुल बनाउने भनेर २०३६ सालमा सर्वे भएको भएपनि अहिलेसम्म पुल बन्न नसकेको अर्का स्थानीय होमराज मल्लले बताए । उनले भने ‘बुढापाकाको भनाई अनुसार खोलामा पुल बनाउने भनेर २०३६ सालमा सर्वे भएको होरे तर अहिलेसम्म सर्वे सकिएको छैन ।’

सल्लाको काठबाट बनाइएको फट्के वर्षाको भेलले बगाउने तथा अर्को वर्षसम्म कुहिने गरेको मल्लको भनाई छ । सिन्दुरेमा मात्रै दुई सयभन्दा बढि परिवारको बसोबास उनीहरुको खोला तर्ने साहारा यहि फट्केको हो उनले भने ।

फट्के तर्दा बालबालिका, बृद्धवृद्धा, गर्भवति महिला फट्केबाट खोला तर्न निकै डराउने गरेको उनले बताए । उनले भने ‘वडा कार्यालय, बजार र स्वास्थ्य संस्था जानका लागि पनि यो खोला पार गरेर जानु पर्ने हुन्छ तर अहिलेसम्म यो ठाउँमा पुलका बारेमा ध्यान दिएका छैनन् ।’

तस्बिर : बिष्णु चन्द

प्रकाशित मिति : २०७६ साउन १० गते शुक्रवार