• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानको अनौठो गुफाः ‘जहाँ गर्मीमा चिसो र जाडोमा तातो हावा आउछ’ (फोटो फिचर)


साउन ११, सल्यान । सल्यान जिल्ला संघीय गनतन्त्र नेपालको कर्णाली प्रदेशमा पर्ने जिल्ला हो । प्राकृतिक, धार्मिक एंवम सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । धार्मिक हिसाबले यस जिल्ला भित्र थुप्रै मठ मन्दिर तथा गुफाहरु छन् ।

जसमध्य राप्ती राजमार्गमै सटेका छत्रेश्वरी गाउँपालिका भित्र २ गुफा छन् । जसमा एउटा गुफा हो ‘तातो चिसो हावा आउने गुफा’ । यो गुफा छत्रेश्वरी गाउँपालिका वडा न ६ चौबाङ्ग ज्युलामा अबस्थित छ ।

यो गुफा विश्व कै शक्ति माध्यमबाट उत्पादन भएको विश्वास गरिन्छ । यो गुफा २०४५ सालमा मोटर बाटो खन्दा पत्ता लागेको स्थानीयहरु बताउछन् । गर्मीमा चिसो हावा र जाडोमा तातो हावा आउनु नै यो गुफाको मुख्य बिशेषता हो ।

सोहि गुफा नजिकै भुमेश्ववर चिसापानीमा पनि ‘शिव पार्वती गुफा’ रहेको छ । यो गुफा २०४७ जेठ २ गतेका दिन इन्द्र सीं ठकुरीले पत्ता लगाएका हुन ।

यस गुफा भित्र पहिले पानीको मात्र बढी भएका कारण ठुलो तलाउ भएको विश्वास गरिन्छ । तर समय परिवर्तन सगै अहिले तलाउ भाटेर बन्द गरिएको छ ।

यो गुफा भित्र शिव, पार्वती, बागहरुका विभिन्न बनावटी मुर्तिहरु राखिएका छन् । यात्राकै सिलसिलामा सबैले यो ठाउँमा पुगेपछि छातीमा हात राखेर आफ्नो टाउकोमा ढोग टक्र्याउने चलन छ । यो ठाउँनेर भगवानलाई ढोग टक्र्याए यात्रा सफल हने विश्वास पनि परापुर्बकाल देखि गर्ने गरिन्छ ।

यी दुई गुफा नजिकै बाट सल्यान जिल्लाको सबैभन्दा ठुलो नदि शारदा नदि पनि बग्ने गर्दछ । जहाँ बाट सुन्दर खेतहरु, पहाडहरु, बगरहरु अनि मनै लोभ्याउने मनोरम प्राकृतिक दृश्यहरुको पनि दृश्या अवलोकन गर्न सकिन्छ ।

यो क्षेत्रलाई छत्रेश्वरी गाउँपालिकाको विषेश पहिचान बोकेको क्षेत्र बनाउने गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए । लेकाली अनलाइनसँग कुरा गर्दै उनले भने, ‘राप्ती राजमार्गमा पर्ने हाम्रो गाउँपालिका भित्र भिन्न–भिन्न गुफा छन् । जसको फरक–फरक पहिचान छ । हामी यसलाई यात्रा गर्नेहरुको बिसौने चौतारिको रुपमा विकास गर्न लागेका छौँ ।’

 

प्रकाशित मिति : २०७६ साउन ११ गते शनिवार