• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

बुद्धि र बंगारा फुस्किएर असक्त भएको छुः प्रधानमन्त्री ओली


साउन ११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुद्धि र बंगारा फुस्किएर असक्त भएको बताएका छन् । बाँसबारीस्थित गंगालाल अस्पतालको नवनिर्मित ओपीडी भवन उद्घाटन समारोहमा पुगेका प्रधानमन्त्री ओलीले असक्त भएर आफु कार्यक्रममा सहभागी हुन नसक्ने अबस्थासम्म भएको बताए ।

कार्यक्रममा एक घन्टा ढिलो पुगेका ओलीले स्वास्थ्यमा समस्या भएकाले कार्यक्रममा नआउन चाहेको तर कर गरेपछि आएको बताए । आफ्नो हजुरआमाले १०१ वर्षको उमेरमा भुटेको मकै भटमास चपाउने गरेको तर, आफ्नो भने ६७ वर्षको उमेरमा नै बुद्धि बंगारा फुस्किएर असक्त भएको उनले सुनाए ।

प्रधानमन्त्री ओलीले भने, ‘म ६७ वर्षको हुनलागे । हिजो बेलुका मेरो दिहिने पट्टीको माथिल्लो पट्टीको बुद्धि बंगारो आफैं खुस्कियो । छामेर हेरेँ, जरा पनि छैन, रगत पनि आएन । कति असत्त भएको रहेछ ।’ असक्त भएर नआउने खोजेको तर कार्यक्रममा आएर लामो बोलेपछि नक्कली विरामी रहेछ भन्न सक्ने भएकाले आफ्नो समस्या सुनाएको उनले बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘यो अस्थायी विरामी हो, नक्कली चाहिँ होइन ।’ प्रधानमन्त्री ओलीले औषधि विज्ञानको क्षेत्रमा नेपालले प्रगति गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७६ साउन ११ गते शनिवार