• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सदाबहार गायीका शर्मिला गुरुङले ल्याइन् यस्तो तीज गीत


साउन ११, काठमाडौं । वरिष्ठ एवम् सदाबहार गायीका शर्मिला गुरुङले यसवर्ष पनि तीज गीत “भाग्य” लिएर आएकी छन् । समाजको यथार्थ चित्रण र चेलीहरूको कारूणीक भाव व्यक्त भएको यस तीज गीतको शब्द, संगीत, स्वर शर्मिला गुरूङकै रहेको छ ।

स्वरमा जतिकै लोकप्रियता र ख्याति छ उतिकै सृजनामा पनि उनको दरिलो उपस्थित भएको कुरा उहाका हरेक मौलिक एवम् कालजयी सृजनाले प्रष्टै पार्दछ । जब तीज नजिकन्छ तब आफ्नो मात्र नभएर समाजको भाव र सन्देश बोल्ने सृजना लिएर दर्शक श्रोता समक्ष आउने गर्छिन ।

यस गीतमा अझ रोचक विषय त के छ भने शर्मिलाले आफ्नो आमालाई भिडियोमा आमाकै रूपमा देखाएकी छन् भने भने म्यूजिक भिडियोमा शर्मिला आफै सहित गायत्री थापा, लगायत अन्य कलाकार हरूको अभिनय देख्न सकिन्छ ।

म्यूजिक भिडियो को निर्देशन प्रकाश भट्टले गर्नुभएको हो भने छायांकन राजेश घिमिरे र सम्पादन विष्णु शर्माले गर्नुभएको छ । गीतको अडियो प्रिज्म डिजिटलमा रेकर्ड गरिएको हो भने एरेन्ज बिबि अनुरागीले गरेका हुन् । साथै अडियो सम्पादन श्यामश्वेत रसाइलीले गरेका छन् ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २०७६ साउन ११ गते शनिवार