• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

विप्लव नेकपाद्वारा साउन १५ गते १५ वटा जिल्ला बन्दको घोषणा


साउन ११, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी साउन १५ गते १५ वटा जिल्ला बन्दको घोषणा गरेको छ । उक्त पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ती जारी गरेर उपत्यका व्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामा ‘प्रज्वल’लाई गिरफ्तार गरेको भन्दै बागमती, नारायणी र जनकपुर ब्युरोका दुई वटा जिल्ला बन्दको आह्वान सहित चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

विप्लव नेकपाको संरचण हेर्दा बन्द हुने जिल्लामा बागमती अञ्चलका काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक रहेका छन् । त्यस्तै नारायनी ब्यूरोका रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन पनि नेकपाको बन्दमा परेका छन् । उता जनकपुरका रामेछाप र दोलखामा पनि नेकपाले बन्दको आह्वान गरेको छ ।

साउन ४ गते राती सुतिरहेको समयमा काठमाडौं काँडाघारीबाट माइला लामालाई  राष्ट्रघाती, व्यभीचारी, लुटेरो, दलाल, हत्यारो, गुण्डा नायक प्रहरीभित्रको बदनाम गिरोहले गिरफ्तार गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘ओली–बादल मण्डलीको यसप्रकारको इतिहासकै तानाशाहहरुको हर्कत माथ गर्ने निरंकुश र आततायी गिरफ्तारी एवं दमनको पार्टी निन्दा र घोर भत्र्सना गर्दछ र माइला लामाको रिहाइको माग गर्दछ ।’

२०६२/०६३ सालमा भएको शान्ति वार्ताको नाममा प्रचण्ड–बाबुरामको बेइमानी गरेको भन्दै त्यसको विरुद्ध आफ्नो पार्टीले लगातार संघर्ष गर्दै आएको प्रकाण्डले बताएका छन् । सरकारले आफ्नो पार्टीमाथी प्रतिबन्ध लगाएर राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा नाङ्गिएको र संकटमा परेको प्रकाण्डले बताएका छन् ।

यस्तो छ विज्ञप्ती

 

प्रकाशित मिति : २०७६ साउन ११ गते शनिवार