• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानको अधिवेशन साउन १७ हुने


नोखिराम थापा (क्षितिज)/साउन ११, सल्यान ।  राष्ट्रिय लोक तथा दोहोरी गीत  प्रतिष्ठान  जिल्ला शाखा सल्यानले चौथो जिल्ला अधिवेशन यहि साउन १७  गते शुक्रबार गर्ने भएको छ । जिल्ला शाखा अध्यक्ष याम थापाको अध्यक्षतामा शुक्रबार त्रिबेणी गाउपालिकाको लुहाममा बसेको बैठकले साउन १७  जिल्ला अधिवेशन लुहाम मै गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गित  प्रतिष्ठान  केन्द्रले साउन महिना भित्र जिल्ला अधिवेशन गरी सक्नु पर्ने निर्देशन अनुसार नै जिल्ला अधिवेशन गर्न लागेको शाखाका  अध्यक्ष थापाले बताएका छन् । बैठकले अधिवेशन सफल पर्न बिभिन्न व्यतिmलाई बिभिन्न जिम्मेवारी समेत दिईएको छ । जस्को लागि आर्थिक संकलनमा लोक राज आचार्य, याम थापा, डिल्ली थापालाई जिम्मेवारी दिईएको छ ।

त्यस्तै प्रचारप्रसार संयोजक नोखिराम थापा, संस्कृतिक कार्यक्रक व्यवस्थापनमा याम थापा , गिता खड्का, गिताञ्जली गिरी, मञ्च व्यवस्थापनमा प्रेम नारायण बि.क, अतिथि सत्कारमा गिता खड्का, पुर्ण रेउले र दिपा वलि लगायतलाई जिम्मेवारी दिईएको छ ।

अधिवेशन भव्य र सभ्य बनाउनाका लागि केन्द्रमा पहल गर्ने चिठी समेत पठाउने कोषाअध्यक्ष डिल्ली थापाले बताए । उनले सबैले आ आफुनो ठाँउबाट सहयोग गर्ने समेत अनुरोध गरेका छन् ।  शाखा सल्यानकी उपअध्यक्ष गिता खड्काले सबै अतिथिलाई चिठी पठाउने भएकोले  चिठी र सुचनाको आधारमा उपस्थित भईदिन अग्रह गरेकी छन् ।

उनले क्रियाशिल र क्षमताका आधारमा अहिलेको जिम्मेवारी दिन पर्ने भन्दै लोक कला संस्कृतिलाई माया गर्ने सबै अधिवेशन मा उपस्थित हुनु पर्ने बताएकी छन् । अधिवेशन साउन १७ गते त्रिबेणी गाउपालिका लुहाममा हुने छ ।

 

प्रकाशित मिति : २०७६ साउन ११ गते शनिवार