• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

भक्तपुर बारमा काँग्रेस प्यानल पुरै विजय, सत्तारुढ नेकपा जीरो


साउन ११, भक्तपुर । भक्तपुर बार एसोसिएनमा नेपाली काँग्रेस समर्थित प्यानल नै विजय भएको छ भने सत्तारुढ नेकपा समर्थित प्यानले शुन्य भएको छ । सनिबार भएको निर्वाचनमा रबिन्द्र प्रधान नेतृत्वको प्यानलै विजय भएको हो । अध्यक्ष प्रधानले ९५ मत ल्याएर विजयी भएका हुन् ।

अध्यक्षका निकटतम् प्रतिद्वन्दी रामभक्त सुवालले ४१ मत पाए भने अर्का अध्यक्षका प्रत्यासी राधेश्याम सुवालले १५ मतमात्र पाएका छन् । गत स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्बाचनमा काँग्रेसलाई नील बनाएको सत्तारुढ नेकपाले भक्तपुर बारमा भने लज्जास्पद हार ब्यहोरेको छ ।

नतिजा अनुसार निर्वाचित हुने उपाध्यक्षमा रामसुन्दर खाईनु (११३), सचिवमा प्रदीप कार्की (१०७), सहसचिवमा गीता तिमिल्सिना (९६), कोषाधयक्षमा सुरज काुमार तुथे (१०१) महिला सदस्य एकजाना राधीका गोसाईँ (९७) रहेको छ ।

प्रकाशित मिति : २०७६ साउन ११ गते शनिवार