• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

विप्लवका कार्यकर्ता र शुभचिन्तक विरुद्व सुराकी गर्नेलाई जनकारबाही गर्ने चेतावनी


साउन १२, बझाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता, शुभचिन्तक र समर्थककाकविरुद्ध सुराकी गर्नेलाई कडा जनकारबाही गर्ने उक्त पार्टीले चेतावनी दिएको छ । पछिल्लो समय देशभर जस्तै बझाङ जिल्लामा पनि सुराकमार्फत प्रहरी–प्रशासनले विना कारण धरपकड गरि झुटा मुद्दा लागाउने कार्यलाई तिब्रता दिएको भन्दै नेकपा बझाङले शनिबार एक विज्ञप्तीमार्फत सुराकी गर्नेलाई जनकारबाही गर्ने चेतावनी दिएको हो ।

राजनीतिक नेता कार्यकर्तालाई पनि अपराधीलाई जस्तै दुःख दुने कार्य बन्द गर्न उक्त चेतावनी दिएको छ । बझाङ जिल्ला सेक्रेटरी हरिलाल र इन्चार्ज बिराटको संयुक्त हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ,“ समर्थक र स्थानीय जनताका घरमा खानतलासी गर्ने,प्रहरी अप्रेसन सञ्चालन गरि सर्बसाधारण जनतालाई आतंकित पार्ने ,नेकपा विरुद्ध गलत प्रचार गर्ने र पार्टीमा संलग्न नभएका जनताहरुलाइ प्रशासनसम्म पुर्याई आत्मसमर्पण गराउने गरेकोप्रति नेकपा बझाङले खेद प्रकट गर्दछ।”

साथै भ्रष्ट जनप्रतिनिधिले उक्त हर्कत दोर्होयाउने प्रयास गरे जिल्ला समितिले जुनसुकै वेला पनि जनकारबाही गर्ने समेत चेतावनी दिएको छ ।

प्रकाशित मिति : २०७६ साउन १२ गते आइतवार