• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

प्रतिष्ठानको भवन निर्माणका लागी सल्यानका दुई गायकको ३६ हजार सहयोग


साउन १२, सल्यान । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको भवन निर्माणका लागी विभिन्न ठाउँ तथा व्यक्तीहरुबाट सहयोग संकलन भैरहेको छ । काठमाडौंको धापानीमा निर्माणधिन भवनको शिलान्यास गएको बैशाख २१ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरेका थिए ।

उक्त भवन निर्माणको लागी विभिन्न कलाकारहरुले पनि सहयोग गर्ने क्रममा सल्यानबाट चर्चित गायक तथा बाद्यबादक खर्क बहादुर बुढा र नेत्र भण्डारीले सहयोग गरेका छन् । प्रतिष्ठानका पुर्व उपाध्यक्ष समेत रहेका बुढाले २५ हजार १ सय २५ रुपैया र भण्डारीले ११ हजार १ सय ११ रुपैया गरी कुल ३६ हजार २ सय ३६ रुपैया दान गरेको प्रतिष्ठानका केन्द्रीय सचिव कृष्ण रेउलेले बताए ।

दान गर्ने बुढा सल्यान त्रिवेणी र भण्डारी लेखपोखरा निवासी हुन भने दुवै देशकै चर्चित गायकमा गनिन्छन् । भवन अहिले आधा जति निर्माण भएको र सहयोग धेरै ठाउँबाट आउने क्रम जारी भएको सचिव रेउलेले बताए । ४ आना जग्गामा निर्माण गर्न लागिएको प्रतिष्ठानको भवनको लागत डेढ करोड रुपैयाँ अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७६ साउन १२ गते आइतवार