• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

कालिकोटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्व


साउन १२, कालिकोट । पहिरोले कर्णाली राजमार्ग अवरुद्व भएको छ । शनिबार रातिदेखिको अविरल वर्षाका कारण कालिकोटको शुभकालिका गाँउपालिका–१, कालेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग पूर्णरुपमा ठप्प भएको हो ।

राजमार्ग अवरुद्व हुँदा आइतबार बिहानदेखि कालिकोट दैलेखको सिमाना दही खोलादेखि गगने भीरसम्म र हुल्मदेखि जिते बजारसम्म सवारी साधनहरुको लाइन लागेको छ भने यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।

पहिरोको अवस्था बुझ्न सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर र जिल्लाका प्रहरी प्रमुखसहितको टोली पठाइएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए । पहिरो तत्काल पहिरो पन्छाउन सक्ने अवस्था नभएको र सानो डोजरले काम गर्न नसक्ने हुँदा ठूलो मेसिनको खोजी भइरहेको उनको भनाई छ ।

वर्षायाम सुरु भएसँगै कर्णाली राजमार्गमा सामान्य पानी पर्दा पनि पहिरो खस्ने समस्या छ । यसले गर्दा राजमार्गमा गुड्ने सवारी साधन र यात्रुहरुले सास्ती खेप्नु परिरहेको छ ।

प्रकाशित मिति : २०७६ साउन १२ गते आइतवार