• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

सल्यानको पश्चिम क्षेत्रमा प्रहरीले गर्यो ४० लिटर घरेलुु मदिरा नष्ट


इन्द्र बुढाथोकी/साउन १३, सल्यान । सल्यानकोे पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिका विभिन्न स्थानीय बजारबाट प्रहरीले घरेलु मदिरा बरामद गरेर नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय सल्लीवजारका प्रहरी सहायक निरीक्षक (असई) लोक प्रसाद देवकोटाको नेतृत्वमा गएको गस्ती टोलिले बनगाड कुपिण्डेको वडा न ५ को नाथेखोला त्रिवेणीवजार, वडा न ६ को सुनौली वजार, वडा न १ को सल्लीवजार लगाएत विभिन्न स्थानहरुबाट ४० लिटर अबैध घरेलु मदिरा बरामद गरि नष्ट गरिएको छ ।

घरेलु मदिरा तयार पार्ने राखिएका ४ थान भाडाकुडाँ र मदिराको लागि आवश्यक २०० लिटर कच्च पदार्थ समेत नष्ट गरेको असई देवकोटाले बताए । पटकपटक स्थानीय वजार र घरबाट प्रहरीले थुप्रै मात्रामा घरेलु मदिरा सँगै मदिरा तयार पार्ने भाँडाकुडा बरामद गरेको उनले बताए ।

नागरिकको चाहना अपराध मुक्त समाजको परिकल्पना भन्ने भनाइलाई सार्थक दिन र हालका दिनहरूमा महिला हिसाका घटनाहरुमा मादक प्रदार्थ पनि प्रमुख कारण रहेको उल्लेख गर्दै अभियान चालिएको इन्चार्ज सुशील रावल बताए । अवैध घरेलु मदिराका कारण समाज र घरमा झैझगा वढ्न थाले पछि यो अभियान लागु गरिएको उनको भनाइ छ ।

मदिराकै कारण अधिकांस झैझगाडा हुने गरेको र तेहि प्रकृतिका उजुरी वढि आउने गरेको इलाका प्रहरी कार्यलय सल्लीवजारले जनाएको छ । स्थानीय वजार लगाएत यो अभियान गाउँगाउँ सम्म पुर्याउने इप्रका ईन्चार्ज शुसिल रावलले जानकारी दिए ।

अवैध मदिारा नष्ट गर्ने अभियानमा यतिबेला इलाका प्रहरी कार्यालय सल्लीवजार अग्रसर देखिएको छ । जनप्रतिनीधी, पत्रकार, स्थानीय लगाएतको मुचुल्का र रोवहरमा सवै मदिारा नष्ट गरिएको छ । स्थानीयले भने घरेलु मदिरा नस्ट गर्नु पहिला जाड रक्सी राख्ने सम्बन्धि गाउँगाउँमा गएर जनचेतना दिनुपर्ने बताएका छन ।

प्रकाशित मिति : २०७६ साउन १३ गते सोमवार