• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका ३ जनाको मृत्यु


साउन १३, रोल्पा । रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । जिल्लाको लुङग्री गाउँपालिका वडा नम्बर ६ पाटेगुम्चाल बस्ने २५ बर्षीया फुर्मली बुढाथोकी, उनको सात  बर्षीया छोरी सुनिता बुढाथोकी र  तीन बर्षीय छोरा पुस्कर बुढाथोकीको जङगली च्याउ खादा मृत्यु भएको प्रहरीले बताएको छ ।

यहि साउन ८ गते जंगली च्याउ खाँदा तिनै जना विरामी परेका थिए । उनीहरुको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

गम्भीर विरामी भएका पुस्करको साउन ११ गते , सुनिताको १२ गते र फुर्मलीको सोमबार बिहान ९ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ साउन १३ गते सोमवार