• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

नेपाल मगर संघ शाखा युएई अलऐनको अधिवेशनः यी कार्यसमिति चयन भए ?


रामु मगर/ साउन १३, यूएई । नेपाल मगर संघ शाखा यूएई अलऐन क्षेत्रिय समितिको ९ औँ अधिवेशन नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले बल बहादुर राजन मगरको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

राजनको नेतृत्वमा गठन भएको नयाँ कार्यसमिति आगामी दुई वर्षको लागी चुनिएको हो । जसमा उपाध्यक्षमा मोति राना मगर, सचिब राम कुमार बुढा मगर, सह सचिब आरति दरलामी मगर, कोषाअध्यक्ष बिगम्बर बुढा मगर, सह कोषाअध्यक्ष सरु थापा मगर चयन भएका छन् ।

यस्तै सदस्यहरुमा बिनोद दरलामी मगर, पदम पल्ली मगर, राजा सिंह राना मगर, यम कुमारी श्रीस मगर, सोभा मगर, सुरेश पुलामी मगर, ईन्द्र थापा मगर, सोम बहादुर सारु मगर, केशर बहादुर पाडें मगर, लिम्बर दिशा मगर, दाम बहादुर मगर, श्याम लाल घर्ती मगर,  प्रदिप मगर, तिलक थापा मगर र  हस्त बहादुर सिजाली मगर चयन भएका छन् ।

जुलाई २६ तारिकको दिन फुड एन फन रेस्टुरेन्ट अलऐनमा भएको कार्यक्रमको अध्यक्षता यमन घर्ती मगरले गरेका थिए । कार्यक्रमको संचालन सचिव राम कुमार बुढा मगरले गरेका थिए भने बल बहादुर रजान मगरको स्वागत मन्तब्य राखेका थिए । मगर शाखा यूएई केन्द्रिय अध्यक्ष टंक थापा मगरको प्रमुख आथित्यता रहेको कार्यक्रममा खुम आले मगर, भूतपूर्व अध्यक्ष  राजु सिंजाली मगर, बरिष्ठ उपाध्यक्षमा  शिला राना मगर, महासचिव डोल राना मगर, ने.म.स.शाखा यूएई दुवई क्षेत्रका निवर्तमान अध्यक्ष सिता रजाली मगर लगायत ने.म.स.शाखा यूएई केन्द्र तथा क्षेत्रका अन्य पधादिकारीहरुको सहभागीता रहेको थियो ।

त्यस्तै कार्यक्रममा प्रवक्ता मोहन बुढाथोकी मगर, सांस्कृतिक बिभाग प्रमुख राजेन्द्र थापा मगर, अनुसासन बिभाग प्रमुख दिपक थापा मगर, सानिका थापा मगर, सदस्य डि बि (समर्णपन) लुङ्गेलि मगर,  भुतपुर्व संरक्षक सुनिता थापा राना मगरको पनि सहभागीता रहेको थियो ।

यसैगरी अलऐनमा क्रियाशील संघसंस्थाहरु एनआर एन एका प्रमुख , नेपाली समाजका प्रमुख, झापाली समाजका सल्लाहकार, भोजपुर हातेमालो सेवा समाजका बरिस्ठ उपाध्यक्ष, मितेरी समाज यूएईका अध्यक्ष, अर्घाखाँची सेवा समितिका अध्यक्ष, जनसम्पर्क समितिका सभापति लगाएत पत्रकार, समाजसेवीहरुको पनि उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति : २०७६ साउन १३ गते सोमवार