• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

रुकुममा विप्लवका कार्यकर्ता गिरफ्तार भएपछि केपी-बादलको ताण्डव भन्दै यस्तो चेतावनी ?


साउन १३, रुकुम । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीका एक कार्यकर्ता रुकुमबाट गिरफ्तार भएका छन् । सो पार्टी निकट युवा संगठन नेपाल रुकुम पश्चिमका कोषाअध्यक्ष कुबेर ओलीलाई प्रहरीले सोमबार आठबिसकोट नगरपालिकाको राडीचौरबाट गिरफ्तार गरेको उक्त संगठनले जनाएको छ ।

संगठनका जिल्ला अध्यक्ष लय सहानीले एक विज्ञप्ती जारी गर्दै तत्काल रिहाइको माग गरेका छन् । देशमा यतिबेला केपि–बादल मण्डलीको ताण्डव चलिरहेको भन्दै उनले राष्ट्रको सम्पती बेची खाने, जनतामा डर लाग्दा समस्याहरु थोपर्ने र आफ्ना कर्तुतहरु बिरुद्द उठ्ने आवाजहरुमा राणाकालिन हर्कतहरुको शृङ्खला पनि देखाइएको बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ, “कुबेरको गिरफ्तारी प्रती हाम्रो संगठन घोर आपत्ती प्रकट गर्दै निशर्त र स–सम्मान रिहाइका लागि केपि–बादल मण्डली कथित प्रशासन सँग जोडदार माग गर्दछ । साथै गिरफ्तार कम्रेडलाई रिहाइ नगरे गिरफ्तारि र धरपकडको उचित जवाफ उचित समयमा दिने चेतावनी पनि गर्दछ ।”

यस्तो छ विज्ञप्तीको पुर्णपाठ

युवा संङ्गठन नेपाल, जिल्ला समिती रुकुम पश्चिम

प्रेस विज्ञप्ति

आदर्णिय सज्जनबृन्द !

यतिबेला देशमा केपि बादल मण्डलिको तान्डव चलिरहेको छ । अबैध करोबार, सरकारी जग्गा अतिक्रमण, चेलिबेटी बलात्कार, भ्रष्टाचार र कालोबजारीको तान्डव सर्वाङ्ग नाङ्गै प्रस्तुत भैइरहदा आम जनता, बुद्दिजिवी र देशभक्त सबै शक्ति आन्दोलित भैइरहेका छन र निर्लज्जहरुको कर्तुतको धज्जी उडाउदै नैतिक मूल्य सहितको समाज निर्माणको अभियानमा आ–आफ्नो तहबाट अभियानरत छन । राष्ट्रको सम्पती बेची खाने, जनतामा डर लाग्दा समस्याहरु थोपर्ने र आफ्ना कर्तुतहरु बिरुद्द उठ्ने आवाजहरुमा बन्दुक र बुट बजार्ने राणाकालिन हर्कतहरुको शृङ्खला पनि बादल गृह प्रशासनले चलाइरहेको सर्वविदित नै छ ।

यसैक्रममा दलालहरुको संसार ध्वस्त बनाइ श्रमजिवीहरुको सुन्दर संसार निर्माणको उच्च आकांक्षा बोकेको हाम्रो महान तथा गौरवशाली सङ्गठन युवा संङ्गठन नेपाल रुकुम पश्चिमका कोषाध्यक्ष क.कुबेर ओलीलाइ दलाल तथा गद्दार बादलको मतियारिमा रुकुम प्रहरी प्रशासनले आज २०७६÷४÷१३ गते संगठनको कामकाजको सिलसिलामा रहेका कम्रेड कुबेरलाइ रुकुम जिल्ला आठबिसकोट नगरपालिका राडी चौर भन्ने स्थानबाट अपहरण शैलिमा गिरफ्तार गरेको छ ।

क. कुबेरको गिरफ्तारी प्रती हाम्रो संगठन घोर आपत्ती प्रकट गर्दै निशर्त र स–सम्मान रिहाइका लागि केपि–बादल मन्डली कथित प्रशासन सङ्ग जोडदार माग गर्दछ।साथै गिरफ्तार कम्रेडलाई रिहाइ नगरे गिरफ्तारि र धरपकडको उचित जवाफ उचित समयमा दिने चेतावनी पनि गर्दछ ।

क्रान्तिकारी अभिवादन सहित !

क. लय सहानी

(अध्यक्ष)

युवा संगठन नेपाल ,रुकुम पश्चिम

 

प्रकाशित मिति : २०७६ साउन १३ गते सोमवार