• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानको सङ्ग्रही खोलामा झोलुंगे पुल निर्माण


इन्द्र बुढाथोकी/साउन १४, सल्यान । सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ७ को ढोरपिपल सङ्ग्रही खोलामा झोलुंगे पुल निर्माण भएको छ । झोलुङ्गे पुल निर्माण भए पछि स्थानीय खुसी बनेका छन ।

७४ मिटर लम्बाई रहेको पुलको बनगाड कुपिण्डे नगरपालिकाको ३ लाख २३ हजार ९ सय ३८ रुपैया र हेल्पटास स्वापको  आर्थिक सहयो तथा शारदा नेपाल सस्थाको प्राबिधिक सहयोगमा जम्मा ५३ लाख ९८ हजार ९ सय ७५ रुपैयाको लागतमा झोलुङ्गे पुलको काम सम्पन्न भएको पुल उपभोक्ता समितिका अध्यक्ष रिम बहादुर बस्नेतले जानकारी दिएका छन ।

उक्त झोलुङ्गे पुल बने सँगै बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ६, ७, ८ र ११ का वडाबासी लाभान्वित हुनेछन् । खोलामा झोलुङ्गे पुल बने सँगै वर्षादको समयमा खेतबारिमा काम गर्ने कृषक तथा पढ्न जाने बालबालिकाहरुलाइ बिद्यालय जान सहज हुने भएको छ । पुल नहुदा वर्षादको समयमा विद्यार्थीहरु विद्यालयष् जान बाट बन्चित हुर्दै आइ रहेका थिए ।

प्रकाशित मिति : २०७६ साउन १४ गते मङ्गलवार