• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यान सिद्धकुमाख गाउँपालिको बनाउन सुरु गर्यो आफ्नै भवन


मिना बुढाथोकी/ साउन १४, सल्यान । सल्यानको सिद्धकुमाख गाउँपालिकाले आप्mनै भवन निर्माण गर्न लागेको छ । करिब पाँच रोपनी जग्गामा भवन निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

संघ, प्रदेश र स्थानीय तहको समपुरक बजेटबाट गाउँपालिकाको भवन निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत हरिजंग चन्दले बताए । उनले तीन वर्षमा काम सक्ने गरि तीन करोड नौ लाखमा रोयल कन्ट्रक्शन धनगडी २ कैलालीसंग सम्झौता भइ सकेको जानकारी दिए ।

भवनको शिलान्यास सोमवार सल्यान प्रदेश (क) सांसद तथा नेकपाका कर्णाली प्रदेशका मुख्य सचेतक गुलाबजंग शाहले गरेका हुन् । भवन शिलान्यास गर्दै उनले यस गाउँपलिका पर्यटकीय दृष्टीकोणले भरिपुर्ण रहेकाले यहाँको समग्र विकासका लागी आफु लागी परेको बताए । उनले भौतिक पुर्वाधार देखी शिक्षा,स्वास्थ्य,खानेपानी लगायतको आवश्यकता परिपुर्ती गर्न आफुले पहल गर्ने बताएका छन् ।

यस्तै जिल्लाका १० स्थानिय तह मध्ये अहिले तीन वटा स्थानिय तहको भवन निर्माणाधिन अवस्थामा छन् । दार्मा गाउँपालिका, बागचौर नगरपालिका र कपुरकोट गाउँपालिकाको भवन निर्माणाको काम अन्तिम चरणमा रहेको छ ।

यस्तै अन्य स्थानिय तह मध्ये भवन निर्माणका लागी कतिपयको जग्गाको टुंगो लागिसकेपनि निर्माण शुरु भएको छैन भने कतिपयको जग्गाको समेत टुंगो लाग्न सकेको छैन ।

 

प्रकाशित मिति : २०७६ साउन १४ गते मङ्गलवार